मुलपानी शिविरमा दिलिप झरनाको डान्स, हाँस्यकलाकारको प्रहशन (भिडियो)
मज्जाको अनलाईन, जेठ १० गते शनिवार, २०७२, काठमाण्डौं ।
शुक्रबार करिब दिउँसोको चार बजेको हुदो हो, करिब एक दर्जन कलाकारहरुको टोली मूलपानीमा ‘चाईना फाउण्डेशन फर पोभरर्टी एलिभेशन’ले तयार पारेको टेन्टहरुको अवलोकन गर्न त्यहाँ पुग्यो । तातोपानीका ११ सय ७६ जनालाई सेल्टरको ब्यवस्था मिलाईएको उक्त अस्थायी शिविरमा कलाकारहरुको टोली पुगेपछि भुकम्प पिडितहरुले केही क्षणभएपनि आफ्नो दुख भुले ।
कलाकारहरु मात्रै होईन, सम्माननिय प्रधानमन्त्री शुशील कोईरालाले समेत थोरै समयको लागि त्यहाँ पुगेर सबैलाई संयमित भएर बस्न आग्रह गरे ।
‘चाईना फाउण्डेशन फर पोभरर्टी एलिभेशन’ले करिब सय वटा ब्यबस्थित टेन्टमा तातोपानीका भुकम्प प्रभावितहरुलाई राखेको छ । यस अस्थायी पुर्नवासमा सहयोगी हातहरुलाई प्रधानमन्त्रीले प्रशंसा पत्र बाडे भने कलाकारहरुले पिडितहरुलाई खुशी बाडे ।
निर्माता सुनिल कुमार थापाको संयोजकत्वमा उक्त अस्थायी पुर्नस्थापना केन्द्रमा पुगेका कलाकारहरुको टोलीमा नायक दिलिप रायमाझी, स्वतन्त्रप्रताप शाह, नायिका झरना थापा, निता ढुंगाना, हाँस्यकलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’, निर्माता बाबुराम दहाल, संचारकर्मी प्रकाश सुवेदी लगायतको सहभागिता रहेको थियो ।
उक्त पुर्नस्थापना केन्द्रमा गाँउलेहरुमाझ कलाकारहरुले आफ्नो प्रहसन र नृत्यबाट उनीहरुको पीडालाई थोरै भएपनि भुलाउने प्रयास गरेका छन् ।
भिडियोहरु हेर्नुहोस् ।
For More videos Log on to Mazzako TV






















