सिनेमाको नाम राखि बनाईयो घर, बर्षा र झरीको छैन अब डर (फोटो फिचर)
मज्जाको अनलाईन, जेष्ठ ९ गते, शुक्रबार, २०७२, काठमाण्डौं ।
नेपलाी सिनेकर्मीहरुले भुकम्प पिडितहरुको दुखेको घाउमा मलम लगाउन थालेको अभियान ‘वि फर अल’ अर्थात ‘सबैका लागि हामी’ अन्तरगर्त ४० वटा घर बनाएर पिडितहरुलाई हस्तान्तरण गरिएको छ । चार दिनमा काभ्रेको पीपलडाँडाका भुकम्पपीडितहरुका लागि कलाकारहरुले ४० वटा अस्थाई टहरा बनाए ।
बनाईएका चालीस घरहरुको नाम सिनेमाको नामबाट राखियो । निर्देशक सुरेश दर्पण पोख्रेलको संयोजकत्वमा काभ्रे पुगेको टोलीले करिब सात लाख रुपैयाँको लागतमा यि घरहरु तयार गरेको हो । पिडिहरुकै जग्गामा साना चिटिक्क परेका घरहरु बनाएर हस्तान्तरण गरिएको हो ।
यो अभियानमा भुवन केसी,मेलिना मानन्धर, जीवन लुइँटेल, दिलिप रायमाझी, केकी अधिकारी, बेनिशा हमाल, अनमोल केसी, बसन्त सापकोटा, सुरक्षा पन्त, अमृत अग्रवाल, देवु श्रेष्ठ, पुस्कर पन्त,विमल पोखरेल, प्रल्हाद तिमल्सिना, सरोज ओली, चाँदनी शर्मा, प्रविण श्रेष्ठ, मन्जु रायमझी , प्रदिप कुमार उदय, बर्षा सिवाकोटी लगायतको सहभागिता रहेको थियो ।
‘हामीलाई स्वदेश र विदेशबाट पनि सकारात्मक प्रतिक्रिया र समर्थन आइरहेको छ’,अभियान सफल भएर निकै खुशी देखिएका संयोजक सुरेश दर्पण पोख्रेलले भने, ‘अब हामी भूकम्पले प्रभावित भएका चलचित्रकर्मीलाई सहयोग गर्ने योजनामा छौं।’
For More videos Log on to Mazzako TV

















