शोकलाई शक्तिमा बदल्दैं सेवामा जुटे सुमन
मज्जाको अनलाईन, बैशाख ३१ गते, विहिबार, २०७२, काठमाण्डौं ।
निर्माता सुमन विष्टकी दिदी पिंगला केसीको महाभुकम्पमा परि निधन भयो । निर्माता बिष्टलाई गहिरो शोक परेको छ । तर, उनी यही शोकलाई शक्तिमा बदल्दै भुकम्प पिडितको सेवामा लागिपरिरहेका छन् । सरकार, विभिन्न संघ संस्था र व्यक्तिगत तरिकाबाट सबैले भुकम्प पिडितको लागि राहत संकलन गर्दै गरेको बेला उनी पनि यो पवित्र काममा जुटेका छन् ।
उनि भन्छन,’आफुलाई परेको दु;ख भन्दा पनि देशलाई परेको दु;ख ठुलो ठानेर मैले सहयोगी हात अघि बढाएको हुँ, अब यस्तो बिपत घडीमा हामी नेपाली सबै एकजुट भइ अघि बढ्नु पर्छ ।
उनी काभ्रे र सिन्धुपाल्चोक जिल्लाका विभिन्न गाँउहरुमा रहेका भुकम्प पिडितहरुका लागि त्रिपाल , चिउरा , पानी , चामल र औषधि लगाएतका सामग्री वितरण गरिरहेका छन् ।
बिदेशमा रहेका आफन्तहरुबाट पनि सहयोग सामग्रीहरु आउदै गरेको उनले जानकारी गराएका छन् । उनले सबैलाई यो विपदको बेलामा भुकम्प पिडितको सेवामा लाग्न अपिल पनि गरेका छन् ।
For More videos Log on to Mazzako TV













