‘धुर्मुस’को टोली आईतबार नेपाल फर्कदैं, आउने बित्तिकै राहत बाड्न जुट्ने
मज्जाको अनलाईन, बैशाख १९ गते, शनिवार, २०७२, काठमाण्डौं ।
हाँस्यब्यंग्य सहितको मनोरञ्जनात्मक प्रस्तुती दिन अमेरिका पुगेको सिताराम कट्टेल ‘धुमुर्स’को टोली देशमा बिपद आएपछि आफुहरु हाँस्न र हसाँउन नसक्ने भन्दै कार्यक्रमलाई छोट्याएर नेपाल फर्कदैछन् । देशमा महाबिपद आईपरेको बेला धुर्मुसले भनेका छन् –
‘भोकै प्यासै देख्छु सवै गाह्रो भयो वाच्न,
देशै रोएको वेलामा सक्दिन म हास्न’
कुञ्जना घिमिरे ‘सुन्तली’, प्रमोद खरेल, पशुपति शर्मा, संगिता थापामगर सहित अमेरिका पुगेको ‘धुर्मुस’को टोलीले अमेरिकामा ९ वटा कार्यक्रम गरे भने १६ वटा कार्यक्रम क्यान्सिल गरेर नेपाल फर्कदैछन् । ‘धुर्मस’ले अमेरिकाबाटै टेलिफोनमा जानकारी गराए अनुसार उनीहरु आईतबार ३.३० मा नेपाल आईपुग्नेछन् ।

नेपाल सरकारको ‘सरसफाई दूत’ समेत रहेका ‘धुर्मुस’ र ‘सुन्तली’ले नेपाल आईपुग्ने बित्तिकै राहत बाँड्न निक्लने जानकारी समेत गराएका छन् । ‘धुर्मुस’ ‘सुन्तली’ले सरसफाईको लागि भनेर अमेरिकामा जम्मा गरेको १६ लाख ५० हजार रुपैया अब भुकम्प पिडितहरुको लागि राहत बाड्न प्रयोग गर्ने बताएका छन् । ‘धुमर्स’ले भनेका छन्, ‘मानिसहरु एक छाकका लागी भौतारिन परेको छ, अझै कति वेपत्ता छन, कति अङ्गभङ्ग भएका छन, कतिका परिवार हराएका छन् यस्तो वेलामा केही सान्त्वना स्वरुप यो रकम हामीले दिन लागेका हौं ।’
त्यस्तै यस दुखको घडीमा आफ्ना दर्शक र शुभचिन्तकहरुलाई आफ्नो आफ्नो स्थानबाट सक्दो सहयोग गर्न पनि उनले हार्दिक अनुरोध गरेका छन् ।
फोटो-हिमालय खबर
For More videos Log on to Mazzako TV








