चलचित्रकर्मीको जम्बो टोली अब तीन दिन फिल्डमै हुने (भिडियो सहित)
मज्जाको अनलाईन, बैशाख १८ गते, शुक्रबार, २०७२, काठमाण्डौं ।
नेपाली सिने नगरीका अधिकांश कलाकारहरु ब्यक्तिगत रुपमा आफ्नो ठाँउबाट भुकम्प पिडितलाई राहत बाड्न लागिपरिरहेका छन् । तर, अब संगठित रुपमा अझै सशक्त भएर कलाकारहरु पिडितको सेवामा जुट्दैछन् । स्वस्थ्य मन्त्रालय, डब्लु. एच. ओ. सँगको समन्वयमा चलचित्रकर्मीहरु राहत वितरण सँगै ‘हेल्थ अवेरनेश’को कार्यमा सहभागी हुदैछन् । भोलीदेखि तीन दिन राजधानीका तीन जिल्ला काठमाण्डौं, भक्तपुर र ललितपुरका भुकम्प पिडितहरुलाई कलाकारहरुले राहत वितरण गर्नेछन् अनि स्वास्थ्यका बारेमा जनचेतना फैलाउनेछन् । यो अभियानमा आचार्य श्री महाश्रवणले पनि साथ दिएका छ ।
डाक्टरहरु सहित भुकम्प प्रभावित क्षेत्रमा पुग्ने कलाकारको टोलीमा करिब ७५ जना कलाकारहरुको उपस्थिती रहने जानकारी गराईएको छ । साथै भोलीबाट नै डब्लु. एच. ओ. ले संक्रमण नफैलियोस् भनेर ‘भ्याक्सिनेसन’ पनि शुरु गर्दैछ । स्वस्थ्य मन्त्रालय, डब्लु. एच. ओ.को टोलीसँगै जनचेतना र राहत वितरण कार्यमा निश्कने कलाकारको टोलीको नेतृत्व चलचित्र विकास बोर्ड सदस्य सुरेश दर्पण पोख्रेल, कलाकार केशव भट्टराई र निर्माता बाबुराम दहालले गर्नेछन् ।
तीन समुहमा बाडिएर टोलीले पिडितको दुखेको घाउमा मलम लागाउनेछ । पिडितलाई वितरण गर्न भनेर आज १०० कार्टुन भन्दा बढी चाउचाउ, पानी, बिस्कुट, चिउरा, दालमोठ, नुन लगायत संकलन गरिएको छ । निर्देशक सुरेशदर्पण पोख्रेल, कलाकारहरु करिश्मा मानन्धर, दिपाश्री निरौला, केशव भट्टराई, दिलिप रायमाझी, झरना थापा, मेलिना मानन्धर, केकी अधिकारी, निर्मल शर्मा, सुनिल कुमार थापा, कविता शर्मा, रेखा शाह, सुरेन्द्र केसी, बर्षा शिवाकोटी लगायतको पहलमा आज एक ट्रक राहत सामाग्री संकलन गरिएको छ ।
राहत सामाग्री वितरण सँगै सरसफाई सम्बन्धि जनचेतना फैलाउने यो अभियानमा सहभागी हुन सबै कलाकारहरुलाई संयोजक सुरेश दर्पण पोख्रेलले अनुरोध समेत गरेका छन् । चलचित्रसँग सम्बन्धित सबैले यो अभियानलाई आफ्नै अभियान सम्झेर सेवामा लग्न पनि उनले भनेका छन् । विहान स्वस्थ्य मन्त्रालयको प्राङ्गणमा भेला भई कलाकारहरुको टोली फिल्डमा लाग्नेछ । तत्काललाई उपत्यका भित्र खटिने यो टोली तीन दिन पछि उपत्यका बाहिरका ठाँउहरुमा पनि जाने बताईएको छ ।
Celebrities Uniting for Awareness and Relief Distribution
For More videos Log on to Mazzako TV





















