संचारकर्मी लामिछाने अब मोडल पनि !
मज्जाको अनलाइन, बैशाख ११, शुक्रवार २०७२, काठमाडौं ।
बिकास लामिछाने मुलत संचारकर्मी हुन तर उनी अब मोडल पनि बन्ने भएका छन् । उनीले नित्या शिवाको स्वर रहेको ‘मेरो दीलमा तिमीले छुरा रोप्यौ..’बोलको गीतमाथी बनेको म्युजिक भिडियोमा मोडलिङ गरेका छन ।
बिहीबार किर्तिपुर आसपासका स्थानमा उक्त गीतको छायांकन गरिएको छ । भिडियो मोडलिङमा बिकाशलाई काजोल खनाल र कामना बम्जनलेसाथ दिएका छन् । भडियोमा बिकाशले काजोलसँग बिबाह गरेको समेत देख्न सकिन्छ । गीतले त्रिकोणत्मक प्रेमकथाको थिम उठाइएको छ ।
शंकर अधिकारी घायलले द्वारा निर्देशित उक्त गीतमा नृत्य सियोन श्रेष्ठले दिएका छन् भने गीतमा संगीत राजेन्द्र श्रेष्ठको रहेको छ । भिडियो अर्काे साता सार्वजनिक हुनेछ ।
For More videos Log on to Mazzako TV









