फ्राइडे रिलिजः ‘झोला’ फेरी भिड्दै
मज्जाको अनलाइन, बैशाख ११, शुक्रवार २०७२, काठमाडौं ।
ऐतिहासिक कथावस्तुमा आधारित फिल्म ‘झोला’ आजबाट द्रोस्रो पटक प्रदर्शनमा आएको छ । यादव भट्टराई निर्देशित फिल्म ‘झोला’ एक सय वर्ष पहिलाको सती प्रथामाथि आधारित छ ।

फिल्ममा गरिमा पन्त, दीपक क्षेत्री, लक्ष्मी गिरी, देशभक्त खनाल र बाल कलाकार सुजल नेपालले मुख्य भूमिका निभाएका छन् । कृष्ण धारावासीको ‘झोला’ कृतिमा आधारित यो फिल्मले पहिलो प्रदर्शनीमा दर्शकको मन जितेसँगै व्यावसायिक नाफा समेत कमाएको थियो ।
नेपालबाट ओस्करमा पठाइएको यही फिल्मबाट नायिका गरिमा पन्तले सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट नायिकाको अवार्ड हात पार्न सफल भइन् ।
मालती शाहको प्रस्तुतीमा राज तिमिल्सिना, सुशिल शाह र रामगोपाल थापाको संयुक्त लगानी रहेको फिल्म ‘झोला’ को काठमाण्ठूका करिब एक दर्जन हलहरुमा दोश्रो प्रदर्शन हुँदैछ ।
दोश्रो पटक प्रदर्शनमा आउने यो फिल्मले पहिलो प्रदर्शनीमा जस्तै दर्शकको साथ पाउला या नपाउला भन्ने जिज्ञासा भने फिल्म रिलिजसँगै शुरु भएको छ ।
विशेष शो
यसैबीच फिल्म ‘झोला’को बिहिबार ‘विशेष शो’ देखाईएको छ । कमलादी स्थित कुमारी हलमा फिल्मको ‘विशेष शो’मा निर्माण सदस्य सहित, केही सञ्चारकर्मी अनि विभिन्न क्षेत्रका व्यत्तित्वको सहभागीता रहेको थियो । मुलुक बाहिर रहेका कारण फिल्मकी नायिका गरिमा पन्त भने सहभागी भइनन् ।
For More videos Log on to Mazzako TV







