काठमाडौं आइपुगिन् हलिउड अभिनेत्री मिचेल
मज्जाको अनलाइन, बैशाख १०, बिहिवार २०७२, काठमाडौँ ।
चर्चित हलिउड अभिनेत्री मिचेल योह काठमाडौं आइपुगेकी छिन् । आजैबाट सुरु हुने अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ (एफआईए) अन्तर्गत एफआईए एसिया क्षेत्रिय खेलकुद कंग्रेसमा सहभागी हुन मिचेल नेपाल आएकी हुन् । सम्मेलनको उप राष्ट्रपति परमानन्द झाले आजै राजधानीमा उद्घाटन गर्दैछन् ।
ग्लोबल सडक सुरक्षाका लागि एफआइएकी सद्भावना दूत समेत रहकी ५२ वर्षीया मिचेल हलिउडकी चर्चित अभिनेत्री हुन् । मलेसियामा जन्मिएकी मिचेलले दुई वर्षअघि आएको म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जीवनमा आधारित फिल्म ‘द लेडी’मा उनको भूमिकामा अभिनय गरेकी थिइन् ।
हङकङका फिल्मबाट करिअर सुरु गरेकी उनले हलिउडमा भने १९९७ मा आएको जेम्स बोन्ड फिल्म ‘टुमरो नेभर डाइज’बाट नाम कमाएकी थिइन् । हलिउडमा ठूलो नाम कमाउने सिमिति एसियन स्टारमा मिचेल पर्छिन् ।
For More videos Log on to Mazzako TV







