घोडचढीका क्रममा क्याटरिना कैफ घाइते
मज्जाको अनलाइन, बैशाख ८, मंगलवार २०७२, काठमाडौं ।
बलिउड अभिनेत्री क्याटरिना कैफ सुटिङ्का क्रममा घाइते भएकी छन्। खबरका अनुसार उनी अभिषेक कपुरको फिल्म ‘फितुर’मा स्ट्न्ट गर्दा घाइते भएकी हुन्। उनी घोडचढीको दृश्य दिने क्रममा घाइते भएकी हुन्। उनी गम्भिर चोट भने लागेन।
फिल्मको उक्त सिनका लागि क्याटरिनाले पहिले नै प्रशिक्षण लिएकी थिइन। फिल्म सुटिङ्का क्रममा निर्देशकले एक्सन भने पछि घोडा हिड्न थाल्यो तर क्याटरिनाले सन्तुलन गुमाउन पुगिन र घोडामा नै झुण्डिन पुगिन। घोडामा केही क्षण झुण्डिए पनि पूर्ववतस् स्थान फर्किन र सट पुरा गरिन।
सट पुरा गरे लगत्तै उनले आफ्नो गर्दन एवम् खुट्टामा चोट लागेको पाइन। त्यसपछि उनको सुटिङ्स्थलमै प्राथमिक उपचार गरियो र केही समयको आराम पश्चात नै उनी काममा फर्किइन। -एजेन्सी
For More videos Log on to Mazzako TV







