एकैसाथ नौ एल्बम लिएर आए सङ्गीतकार भण्डारी
मज्जाको अनलाइन, बैशाख ५, शनिवार २०७२, काठमाडौं ।
सङ्गीतकार टीका भण्डारीद्वारा सङ्गीतबद्ध नौ एल्बम शनिवार राजधानीमा एकैसाथ विमोचन भएको छ । आठ गीतिएल्वम र एउटा प्यारोडी रिमिक्स गरी नौ वटा एल्बमको पूर्व प्रधानमन्त्री एवम् नेकपा(एमाले)का नेता
माधवकुमार नेपालले विमोचन गरे।
विमोचित हुने एल्वममा देश, मायाको सहर, रोजाई, मन, समय–२, स्वर–सङ्गीत, वेष्ट अफ टीका भण्डरी, इतिहास, प्यारोडी रिमिक्स–नयाँ नेपालजात्रा रहेका छन् ।
एल्बम बिमोचन पछि नेता नेपालले नेपाली गीतसङ्गीत र चलचित्रले भारतीयसँग प्रतिस्पर्धा गरी उछिनेको आफूले हेर्न चाहेको बताए ।
उनले राज्य र समाजलाई एकताको सुत्रमा बाँध्ने माध्यम गीतसङ्गीत रहेको चर्चा गर्दै त्यसका लागि वातावरण बनाउन सङ्गीतकर्मीहरुलाई आग्रह गरे।
नेपाल सङ्गीत तथा नाट्य एकेडेमीका उपकुलपति शम्भुजित बास्कोटाले सङ्गीतकार भण्डारीको कडा मिहिनेत र लगावकै कारण एकै पटक नौ वटा एल्वम् बजारमा ल्याउन सकेको चर्चा गरे ।
एल्वम्मा लोक, पप, आधुनिक गीत रहेको तथा सबै एल्वम्मा कम्तीमा एउटा राष्ट्रिय भावनाले ओतप्रोत गीत समावेश गरेको सङ्गीतकार भण्डारीले बताए ।
For More videos Log on to Mazzako TV







