निखिल निर्देशित ‘भैरव’को फस्ट लुक सार्वजनिक
मज्जाको अनलाइन, बैशाख ४, शुक्रवार २०७२, काठमाडौं ।
निखिल उप्रेतीको निर्देशनमा निर्माण भएको फिल्म ‘भैरव’ को फस्ट लुक सार्वज्निक भएको छ । सुन्दर डिजाइनमा तयार गरिएको फिल्मको उक्त पोस्टरलाई काठमाण्डू वितरक गोपाल कायस्थले आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेका हुन् ।
‘भैरव’ को सार्वजनिक पोस्टरमा नायक निखिल उप्रेती, नायिका अनु शाह लगायत अन्य कलाकार प्रस्तुत छन् । पोस्टरमा निर्देशक एवं नायक उप्रेतीलाई पेस्तोल ताक्दै गरेको अवस्थामा देख्न सकिन्छ ।
एक्सनमा रुचाइका नायक निखिलले निर्देशन गरेको ‘भैरव’ पहिलो फिल्म हो जसले दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ ।
निखिलको फिल्मले नेपाल र भारतको सिमाना बिच हुने तस्करी र अन्य गैर कानुनी गतिविधिमा नेपाल प्रहरीको भूमिकाको कथालाई बोल्छ ।
छायाँकन सकेर पोस्ट प्रोडक्सनमा रहेको ‘भैरव’ आउँदो जेठ २२ देखि अल नेपाल प्रदर्शनमा आउँदैछ ।
For More videos Log on to Mazzako TV







