महिला हिंसा बिरुद्ध ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ नाटक मञ्चन
मज्जाको अनलाइन, बैशाख ४, शुक्रवार २०७२, काठमाडौं ।
वरिष्ठ नाट्यकार अशेष मल्लको परिकल्पनामा महिला हिंसा विरुद्ध तयार गरिएको ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ नामक नाटक आजदेखि मञ्चन भएको छ ।
कालिकास्थानस्थित सर्वनाम थिएटरमा यही वैशाख २३ गतेसम्म सञ्चालन हुने नाटकमा महिला हिंसाबिरुद्ध समाजलाई एकीकृत गर्न सन्देश प्रस्तुत गरिएको छ ।
कलाकार ओममणि शर्मा, श्याम खड्का, साधना भण्डारी, भीम खड्कालगायतले भूमिका गरेको नाटकको निर्देशन परिकल्पनाकार स्वयम् मल्लले नै गरेका हुन ।
करिब एक घण्टाको नाटकमा श्रीस्वस्थानी कथाको मिथकलाई आधार बनाएर परम्परागतरुपमा प्रचलनमा रहेका नकारात्मक भावनालाई छोडी समयसापेक्ष सोचमा परिवर्तन गर्नुपर्ने शिक्षा दिइएको छ ।
For More videos Log on to Mazzako TV







