‘चार धाम घुमी आए भन्छौ’ मा निताको अभिनय (फोटोफिचर)
मज्जाको अनलाइन, बैशाख २, बुधवार २०७२, काठमाण्डौं ।
गायक रेवत राईले नयाँ वर्षको अवसर पारेर आफ्नो नयाँ गीतको भिडियो छायाँकन गराएका छन् । आफ्नो पहिलो एल्बम ‘इमर्ज’ मा समावेश ‘चार धाम घुमी आए भन्छौ’ बोलको गीतको भिडियो छायांकन गराएका हुन् ।
राजधानीस्थित गोठाटारको कृष्णमन्दिर, जोरपाटीको शिवमन्दिर र पशुपतिनाथस्थित गुहेश्वरी आसपास भिडियोको छायांकन भएको हो ।
भिडियोलाई निर्देशक तथा भिजे दिनेश डि.सीले निर्देशन गरेका हुन् । गीतमा नायिका निता ढुंगाना र अनुप योङचारको अभिनय गरेका छन् ।
विरेन्द्र राईको शब्द रहेको यो गीतमा सुरेश अधिकारीले संगीत भरेका छन् । गीतबाट राम्रो प्रतिक्रिया मिलेपछि भिडियो बनाएको गायक राईले बताए । उनले आउने जेठसम्ममा भिडियो रिलिज गरिसक्ने बताए ।

For More videos Log on to Mazzako TV










