‘अनन्या’ले चुमिन ‘सुपर किड्स’ को उपाधि
मज्जाको अनलाइन, चैत्र २९ बिहिवार, २०७१ काडमाडौ ।
अनन्या अवाले ‘सुपर किड्स २०१५’ को उपाधि चुम्न सफल भएकी छिन् । डिएभी स्कुलकमा कक्षा ६ को अन्तिम परीक्षा दिएर बसेकी १२ वर्षीया अवालेले ‘सुपर किड्स फोटोजेनिक’को समेत उपाधी जितेकी छिन् ।
‘मनिर्न ग्लोरी इन्टरटेनमेन्ट’ले आयोजना गरेको तेस्रो संस्करणमा अनन्याले प्रथम उपाधी आफ्नो पोल्टामा पार्दा लिटल एन्जल्सको कक्षा ६ मा अध्ययनरत ओजस्वी गुप्ता फस्ट रनर अप बनिन्, भने लिटल एन्जल्सकै सचिन लामिछाने सेकेन्ड रनर अप भए ।
त्यस्तै प्रतियोगीतामा युबिम जिरेलले बेस्ट फोटोजेनिक र मोस्ट पपुलरको ट्रफि हात पारेका थिए, भने क्रमश : मोस्ट
एक्टिभ जस्मिन तामाङ, बेस्ट डिसिप्लेन सादिका रावत, अलराउण्डर स्मृती खत्री, मोस्ट कन्फिडेन्ट ओजस्वी गुप्ता, मोस्ट ह्यान्डसम सचिन लामिछाने, बेस्ट स्माइल दिप्लभ श्रेष्ठले जितेका छन् ।
उता मोस्ट बोल्ड आश्रय वेलवासी हुदा क्रमशः बेस्ट हेयर स्मृती राई, मोस्ट फ्रेण्डली सिम्रन देभ, मोस्ट चार्मिङ रजिना न्यौपाने, मोस्ट पपुलर सचिन लामिछाने, मोस्ट कन्फिडेन्ट महिमा थापा, बेस्ट वाल्क ज्यास्मिन तामाङ र बेस्ट ड्रेसको उपाधी ओजस्वी गुप्ताले पाइन् ।
अन्तिम प्रतिस्पर्धाका लागी १४ जना बालबालिका सहभागी रहेका थिए । प्रतियोगिताका निर्णायकहरुमा फेसन डिजाइनर तथा चलचित्र निर्माता पुनम गौतम, गायिका सविना कार्की लगायत रहेका थिए । प्रमुख अतिथीमा वरिष्ठ गायिका संगीता राणा प्रधान रहेकी थिइन् ।
आयोजक संस्थाकी अध्यक्ष मोहना क्षेत्री खनालले यस प्रतियोगीता गर्नको मुख्य उद्देश्य बालबालिकाहरुको कन्फिडेन्स डिभ्लभ गर्नका लागी रहेको प्रष्ट्याइन् ।
प्रतियोगीताको कोरीयोग्राफ चर्चित आरजे समेत रहेका कला सुब्बाले गरेकी हुन् ।
तस्बिरहरु : विशाल राई








