कोमल ओलीको प्रस्ताव ,’बागमतिमा डेटिङ जान पाउनुपर्यो’
मज्जाको अनलाइन, चैत्र २८ शनिवार २०७१, काठमाडौ ।
बागमति सफाई महा अभियान सुरु भएको एक सय हप्ता पुगेको अवसरमा शनिवार बाग्मतीमा विशाल मानव साङलो बनाइयो । मानव साङलोमा सहभागी हुन थुप्रै नेता बागमतिमा पुगेजस्तै कलाकार पनि बागमति नदी किनारमा भेला भए ।
त्यही कलाकारको भिडिमा चर्चित लोक गायिका कोमल ओली पनि थिइन । संयोगवश कालाकरको टोली र एमाले अध्यक्ष केपी ओली नेतृत्वको टोली बाग्मतीमा मानव साङलो बानाउनको लागि एकै ठाउँमा भेटिए । त्यही मौकामा चौका हान्दै गायिका कोमल ओलीले केपी ओलीसँग नजिकै पुगेर खासखुस गरिन् । उनले खासमा केपीसँग के कुरा गरिन थाहा भएन तर केपी ओली पनि मुसुक्क हाँसे ।
यसबारे गायिका ओलीसँग बुझ्दा ओली कमरेडलाई नदी किरानमा रुख रोपेर नयाँ पुस्ताका केटाकेटीलाई डेटिङ जान सजिलो बनाइदिउँ भन्ने गजबको प्रस्ताव राखेको बताइन । उनको यो प्रस्तावले सबैतिर चर्चा पनि पायो ।
ओलीका अलवा हाँस्य कलाकार मनोज गजुरेल, संगीतकार टिका भण्डारी, कलाकार सुशिल पोखरेल, कलाकार संघका अध्यक्ष नवल खड्का, अभिनेता सरोज खनाल लगाएतका कलाकार पनि वामती सफाइमा सहभागी भए ।
For More videos Log on to Mazzako TV








