‘जालमा’ भिडियो अब एकैचोटी फिल्ममा देख्न सकिने
मज्जाको अनलाइन, चैत्र २७ गते, शुक्रवार, २०७१ काठमाडौं ।
नेपाली फिल्म ‘रेशम फिलिली’को गीत ‘जालमा अहिले देशवि देशमा भाइरल भईरहेको छ । फिल्मको अडियो गीत समाजिक संजाल यूट्यिुवमा निकै लोक प्रिय समेत भयो । फिल्मको अडियो गीत निकै ‘हिट’ भएपछि यसको भिडियो कस्तो बन्ला ? भन्ने कौतुहलता सबैमा थियो ।
फिल्म निर्माताले गीत निकै लोकप्रिय भएपछि त्यही अनुसारको म्युजिक भिडियो बनाउन नसकिने पो हो कि भन्ने चिन्ता समेत व्यक्त गरेका थिए ।
फिल्म निर्माता यूनिटले दर्शकको अपेक्षा अनुरुपको भिडियो बनाउन चुनौति रहेको भनिरहेका बेला यसको भिडियो यस्तो हुनुपर्छ भनेर विभिन्न किसिमका ‘कभर’ भिडियोहरु समेत यूट्यिुवमा सार्वजनिक भए ।
दर्शकहरु समेत हिट गीतको हिट भिडियो हेर्नलाई लालायित भएर बसे । तर, दर्शकले भने अब उक्त फिल्मको भिडियो हेर्नलाई फिल्मको रिलिज पछि हलमै जानु पर्ने भएको छ ।
फिल्मका निर्माता तथा निर्देशकले बिहीबार सञ्चारकर्मीसामु फिल्मको भिडियो सार्वजनिक नगर्ने जानकारी गराएका छन ।‘श्रोतालाई शंकाको सुविधा दिन गीतको भिडियो सार्वजनिक नगर्ने निर्णय गरेका छौं’, कार्यक्रममा निर्माता माधव वाग्लेले भने, ‘भिडियो सार्वजनिक गरेर उहाँहरुको कल्पनालाई खलल पुर्याघउन चाहान्नौं ।’
गीतलाई सरप्राइज प्याकेजको रुपमा राख्ने अभिप्रायले जानीजानी भिडियो सार्वजनिक नगरेको उनको कथन थियो। कार्यक्रममा कलाकारहरुले फिल्मको पोस्टर समेत सार्वजनिक गरेका थिए।
वैशाख ११ मा रिलिज हुन लागेको फिल्म ‘जालमा’ गीतको लोकप्रियताका कारण चर्चामा छ। फिल्मको गीत अहिलेसम्म १९ लाख भन्दा बढीले हेरिसकेका छन् भने अघिल्लो हप्ता रिलिज भएको ट्रेलर दुई लाखभन्दा बढीले हेरिसकेका छन्।
सुन्नुहोस फिल्मको अडियो गीत:








