‘नाई नभन्नु ल ३’ को प्रिमियरमा जे देखियो (फोटो फिचर)
मज्जाको अनलाईन, चैत्र २४ गते, मंगलबार, काठमाण्डौं ।
यही आउँदो शुक्रबार चैत २७ गते देखि प्रदर्शनमा आउने फिल्म ‘नाई नभन्नू ल ३’ सोमबार साँझ भव्य प्रिमियर गरिएको छ । प्रिमियर शोमा फिल्मकर्मीको बाक्लो उपस्थिति रहेको थियो । नव निर्देशक मुस्कान ढकाल निर्देशित फिल्म ‘नाई नभन्नू ल ३’लाई प्रिमिरयर शोमा निकै सकारात्मक प्रतिक्रिया मिलेको छ । फिल्म हेरेपछि अधिकाशंले नव निर्देशक ढकाललाई बधाई दिए ।
नायिका रेखा थापाले ‘नाई नभन्नू ल ३’ हेरिसके पश्चात् निर्देशक मुस्कान ढकाललाई रेखा फिल्मस्को आउने कुनै पनि फिल्म निर्देशनको जिम्मेवारी दिने वचन नै दिइन् । प्रिमियरमा वाही वाहीका पात्र बनेको मुस्कानले स्व.शिव रेग्मी, सिमोश सुनुवार र विकास आचार्यका करिब चालिस वटा फिल्ममा मुख्य सहायक भएर निर्देशन गरेका छन् ।

गुरु विकास आचार्यको लेखन रहेको फिल्म ‘नाई नभन्नू ल ३’ मा मुस्कानले जम्बो कलाकारको टोली लिएर कथालाई ‘सेफ ल्यान्ड’ गर्न सफल भएका छन् । विकास आचार्य कृत फिल्म ‘नाई नभन्नू ल ३’ मा पारिवारीक मर्मस्पर्शी कथालाई महसुश गर्न सकिन्छ । फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, अनुभव रेग्मी, सुरज सिंह ठकुरी, संचिता लुईटेल, संयम पुरी, आश्मा डिसी गरिमा पन्तको समेत अतिथि भूमिका रहेको छ ।
For More videos Log on to Mazzako TV














