फेरि आउदैंछ ‘झोला’, अब के होला ???
मज्जाको अनलाईन, चैत्र १८ गते, काठमाण्डौं ।
साहित्यकार कृष्ण धारावासीको ऐतिहासिक कथामा आधारित यो चलचित्र झोलाको पुन: प्रर्दशनको मिति सार्वजनिक गरिएको छ । आउँदो नयाँ बर्षसँगै चलचित्रलाई पुन: सार्वजनिक प्रर्दशन गर्न लागिएको हो ।
२०७० साल माघ २४ मा रिलिज भएर दर्शकको राम्रो साथ पाएको यो चलचित्र औपचारिक रुपमै पुनः प्रदर्शनमा आउन लागेको हो । बैशाख ११ गतेदेखि नेपाल अधिराज्यभरिका चलचित्रघरहरुमा चलचित्र झोला प्रर्दशन गरिदैंछ । ‘पहिलो रिलिजमा धेरै दर्शकले चलचित्र हेर्न नपाएको गुनासो हामीसँग आएकाले चलचित्रको पुन प्रर्दशन गर्न लागिएको हो’, चलचित्रका निर्देशक यादवकुमार भट्टराईले भने, ‘पछिल्लो समय बढ्दो महिला हिंसाको घटनाको विरुद्धमा शसक्त आवाज ‘झोला’मा रहेकोले पनि चलचित्र पुनः रिलिज आवश्यक ठानेका हौं ।’
‘झोला’ युट्युवमा नआउने तथा यसको भिसिडी पनि सार्वजनिक नहुने यसअघी नै निर्माण टिमले बताउँदै आएको छ । देश तथा विदेशका विभिन्न फिल्म फेस्टिभलहरुमा प्रदर्शन भईसकेको यो चलचित्र नेपालबाट ओस्कार अवार्डको लागी पनि छनोट पनि भएको थियो । अभिनेत्री गरिमा पन्तले यही चलचित्रबाट ‘सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट नायिकाको अवार्ड समेत हात पारेकी थिईन् ।
चलचित्र ‘झोला’मा गरिमासँगै देशभक्त खनाल, दिपक क्षेत्री, सुजल नेपाल, लक्ष्मी गिरी लगायतको अभिनय छ । ‘झोला’लाई पुनः प्रदर्शनमा एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ । चलचित्र देशभरका ५० भन्दा बढी हलहरुमा प्रदर्शनमा आउने बताईएको छ ।
For More videos Log on to Mazzako TV









