‘वडा नम्बर ६’ को प्रर्दशन मिति सार्वजनिक
मज्जाको अनलाईन, चैत्र १८ गते, बुधबार, २०७१, काठमाण्डौं ।
दिपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्माले मिलेर लगानी गरेको चलचित्र ‘वडा नम्वर ६’ को असोज १ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने भएको छ । यसअघि बैशाख अथावा साउनमा रिलिज गरिने हल्ला निकै चलेको भएतापनि असोज १ गते सिनेमा सोलो रिलिज हुने निर्माण युनिटले जानकारी गराएको छ ।
चलचित्र ‘वडा नम्बर ६’ ले प्रर्दशन अगावै ५० लाखको लगानी ‘सेफसाईड’ गरिसकेको छ । सिनेमाले राजधानी बाहिरको प्रर्दशन अधिकारबापत ३५ लाखको ‘एम जी’ (मिनिमम ग्यारेन्टी) पाईसकेको छ । ‘वडा नम्बर ६’ लाई ‘एफ डि’ कम्पनीले ३५ लाखको ‘एम जी’ दिएको हो । अष्ट्रेलियाको प्रर्दशन अधिकार पनि १५ लाखमा सम्झौता भईसकेको छ भने कतार ओमान, बहराईन, हङ्गकङ्गको लागि पनि कुरा भईरहेको निर्माण युनिट जानकारी गराएछ ।
सिनेमको लागि चारैतिरबाट कुराहरु आईरहेकाले निर्मात्री दिपाश्री निकै दंग देखिएकी छिन् । ‘राम्रो फिल्म बनाएपछि त्यसको गुडविलले पनि आगामी कामहरुमा निकै सहज हुन रहेछ’, उनले भनिन् ‘अहिले नेपाली फिल्ममा विकृति आइृरहेको बेलामा सबैलाई मेहनत गरेर राम्रो फिल्म बनाउन पनि अनुरोध गर्दछु’ । सिनेमा उद्योगलाई बचाई राख्नु अहिलेको अवस्थाको टड्कारो आवश्यक्ता रहेको पनि उनको बुझाई छ ।
७० लाखको बजेटमा बनेको चलचित्र ‘वडा नम्बर ६’ मा कलाकारहरुको रुपमा दिपकराज गिरी, प्रियंका कार्की, सिताराम कट्टेल ‘धुर्मुस’, जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’, अरुणा काकी, बुद्वि तामाङ्ग लगायतको अभिनय रहेको छ । चलचित्रको अधिकांश सुटिङ्ग नुवाकोट र पाँचखालको गाँउहरुमा गरिएको हो । चलचित्रलाई अभिमन्यू निरवीले लेखेका हुन् । उज्जवल घिमिरेको निर्देशनमा बनेको यस सिनेमामा सुगम पाख्रेल, बसन्त सापकोटा, राजनराज शिवाकोटी र दिपक शर्माको संगीत रहेको छ ।
For More videos Log on to Mazzako TV









