‘जिउ देखाएर निउ खोज्ने, अनि होस्टेल नै किन रोज्ने ?’ (भिडियो)
मज्जाको अनलाईन, चैत्र १७ गते, काठमाण्डौं ।
चलचित्रको नाम हो ‘होस्टेल रिटर्न्स’ । सिनेमाको प्रोमो भर्खरै आउट भएको छ । ‘जिउ देखाएर निउ खोज्ने ?’ चलचित्रको प्रोमोमा यि र यस्तै किसिमका डाईलगहरु प्रशस्त छन् । प्रोमोमा भएका सम्वादहरुले आम युवा पुस्ताको भाषा बोल्ने निर्माण पक्षको दावी छ ।
चलचित्रका निर्देशक सुरज भूषालको जन्मदिन पार्दै चैत १७ गते मंगलबार राजधानीमा एक बिषेश कार्यक्रम गरि चलचित्रको पहिलो प्रोमो सार्वजनिक गरिएको हो । सँगै, निर्देशकको जन्मदिनको बिषेश केक पनि काटियो ।
बैशाख २५ गतेबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको चलचित्र ‘होस्टेल रिटर्न्स’को प्रोमो सार्वजनिक कार्यक्रममा उपस्थित चलचित्रकर्मीले प्रोमो मन पराएका छन् । त्यस्तै कार्यक्रममा ‘शिक्षाका लागि रिटर्न्स’ भन्ने अभियान शुरु भएको औपचारिक घोषणा पनि निर्माण युनिटले गरेको छ । जस अन्तरर्गत दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई अध्ययनका लागि सहयोग गर्ने बताईएको छ ।

यसअघि ‘सायद’ र ‘होस्टेल’ बनाईसकेको दुर्गिश फिल्मस्को ब्यानरमा सुनिल रावलले निर्माण गरेको फिल्म ‘होस्टेल रिटर्न्स’ को कथा इन्जिनियरिङ्ग पढ्न होस्टेल बस्ने विद्यार्थीमा आधारित छ ।
चलचित्रका निर्माता सुनिललाई सोधियो, “होस्टल रिटर्न्स’ नै दर्शकले किन रोज्ने ?” “हामी राम्रो फिल्म बनाउने ब्रान्डको रुपमा बजारमा चिनिईसक्यौ हामीले दर्शकमाथी कदापी अन्याय गर्न मिल्दैन”, निर्माता रावलले भने “हाम्रो प्रोडक्टले दर्शकको मन छुन्छ, हामी राम्रो सिनेमा बनाउछौं, त्यही भएर होस्टल रिटर्न्स दर्शकले रोज्ने हो ।”
चलचित्रमा प्राय सबै कलाकारहरु नयाँ छन् । सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, स्वस्तिमा खड्का लगायतका कलाकारहरुको अभिनय सिनेमामा देख्न पाईनेछ ।











