मल्टीकप्टरले खिचियो ‘चंखे शंखे पंखे’को दृश्य (फोटो फिचर)
मज्जाको अनलाईन, चैत्र १५ गते, आईतबार, २०७१, काठमाण्डौं ।
सुर्दशन थापाले निदेशन गरेको चलचित्र ‘चंखे शंखे पंखे’को एक दृश्य खिच्नको लागि ‘मल्टीकप्टर’को प्रयोग गरिएको छ । सिनेमामा जम्मा २० सेकेण्ड मात्र देखाईन दृश्यका लागि पनि कुनै कम्प्रमाईज नगरीकन ‘मल्टीकप्टर’ नै प्रयोग गरिएको छ । सुटिङ्ग युनिटले पुरा एक दिन लगाएर चलचित्रको सो दृश्य कैद गरेको छ ।

‘चलचित्रको गुणस्तरलाई उच्च बनाउन हामीले कुनै कसर बाँकी छाडेका छैनौ, त्यही भएर पनि ‘मल्टीकप्टर’को प्रयोग गरिएको हो’, चलचित्रका निर्देशक सुर्दशन थापाले भने ‘चलचित्रको स्क्रिप्टले मागे जति कुरामा हामीले कुनै कन्जुस्याई गरेका छैनौं, यो दृश्यमा मल्टीकप्टर नै चाहिने भएकाले प्रयोग गरिएको हो ।’ निकै महंगो बजेट खर्चिएर निर्माण हुदै गरेको चलचित्र ‘चंखे शंके पंखे’को सेटमा पनि निर्माण युनिटले निकै पैसा खर्च गरेको छ ।
शनिबारे ग्रयाण्ड डी हस्पिटल परिसरमा ३० सकेण्ड फुटेज कैद गरेपछि फिल्मको ‘इन्डक्ल्याप’ पनि गरियो । हामीले आउँदो जेठ एक गते रिलिज हुने ‘चंखे शंखे पंखे’लाई सन्तोस सेनले बनाएका हुन् । चलचित्रमा सुर्दशन थापा स्वयंका अलावा सुवास थापा, पुजा शर्मा, प्रेम पुरी, राजाराम पौडेल लगायतले अभिनय गरेका छन् ।
For More videos Log on to Mazzako TV










