‘कल कान्तिपुर’ चलाउदाँ कस्ले थर्काए सुरजसिंह ठकुरीलाई ? (भिडियो)
मज्जाको अनलाईन, चैत्र १० गते, मंगलबार, २०७१, काठमाण्डौं ।
‘सुरज सिंह ठकुरी’, नाम सुन्ने बित्तिकै अझै पनि तपाईलाई कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम ‘कल कान्तिपुर’को याद आउन सक्छ । तर, सुरजले यतिबेला ‘कल कान्तिपुर’ चलाउन छाडेका छन् । यतिबेला उनी ‘परिवर्तन’ नामक कार्यक्रममा भिन्नै शैलीमा देखा परिरहेका छन् । सिनेमको हिरो समेत बनेका सुरज सिनेमामा काम गर्नुलाई चाऊचाऊ खाएको संज्ञा दिएका छन् भने कन्तिपुरको जागिर आफ्नो लागि नियमितको खाना भनि प्रतिक्रिया दिन्छन् । उनको यो सांकेतिक प्रस्तुतीबाट पनि के बुझ्न सकिन्छ भने उनको प्रथम प्राथमितामा चलचित्र नभएर टेलिभिजन नै पर्छ ।

सिनेमाबाट टन्न काम आयो भने पनि गर्ने पक्षमा छैनन् सुरज । सेलेक्टिभ चलचित्रमा मात्र उनी काम गर्छन रे । सुन्दा अलि कडा स्वभावका सुनिने गरेका सुरजले ‘रेडियो अडियो‘को कार्यक्रम ‘धनियाँकी दुनिया’मा भने खुब मज्जासँग कुरा गरे ।
धनियाँले उनलाई सोधिन्, ‘कल कान्तिपुर किन छोड्नु भयो ?’ उनले जवाफमा भने, ‘नेतालाई पुस्ता हस्तान्तरणको बारेमा सचेत गराउन छोडेको हुँ’ । धनियाँले फेरि सोधिन्, ‘कार्यक्रम चलाउँदा चलाउँदै केटीले आई लब यू पनि खुब भन्थे रे नि त ?’ धनियाँको यो रमाईलो प्रश्नको सुरजले निकै रमाईलो ढंगमा जवाफ दिए । ‘धेरै केटीहरुले आई लब यू म्यासेस पठाउँथे, कत्तिले त भेट्न पनि खोज्थे, भेट्न खोज्ने शुभचिन्तक भन्दा प्रेमिका बन्न चाहने बढी हुन्थे’, हस्यौली पारामा उनले भने, ‘आफ्नो गर्लफ्रेण्डसँग किन बोलेको भनेर कत्तिका ब्वाईफ्रेन्डले थर्काए पनि।’
सुरज सिंह ठकुरी अहिले कान्तिपुर टेलिभिजनमा उपल्लो तहका जिम्मेवारी सम्हाल्छन् । फुर्सदमा म्युजिक भिडियो निर्देशन गर्छन् । मौका पाए र कथा मन पर्यो भने निकै महंगो पारिश्रमिकमा चलचित्रमा पनि काम गर्छन । उनले अहिलेसम्म ‘कर्कस’, ‘नाई नभन्नु ल २ र ३’, ‘जंगे’ गरि जम्मा चारवटा चलचित्रमा मा काम गरिसकेका छन् । उनी अभिनित नाई नभन्नु ल ३ यहि चैत २७ गतदेखि प्रदर्शनमा आउँदैछ ।
उनै सुरजसँग धनियाँ र मंगलुले गरेको केही रमाईला प्रश्नहरु अनि उनको फन्नी जवाफहरु आफै हेरौं ।
For More videos Log on to Mazzako TV









