‘हवल्दार सुन्तली’लाई यु सर्टिफिकेट
मज्जाको अनलाईन, चैत्र ८ गते, आईतबार, २०७१, काठमाण्डौं ।
चलचित्र ‘हवल्दार सुन्तली’ले सेन्सर पास गरेको छ । सेन्सर बोर्डले आज बिहान चलचित्र हेरेपछि यूनिभर्सल सर्टिफिकेट दिएको हो । चलचित्रलाई सबै उमेर समुहका दर्शकले हेर्न पाउनेछन् ।

‘कुनै पनि दृश्य तथा संवाद माथि सेन्सर सदस्यको आपत्ति भएन । बलात्कारको दृश्यलाई पनि हामीले राम्रो ढंगबाट प्रस्तुत गरेका छौं ।’ चलचित्रका निर्माता छविराज ओझाले भने, ‘हाम्रो सिनेमामा झण्डै सात मिनेट लामो बलात्कारको दृश्य रहेको छ, वहाँहरुले दृश्यको बिचमा आउन ‘कुकुरको मुत’ भन्ने शब्दमा म्युट हल्न सल्लाह दिनुभएको छ’ । चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएकोमा निर्माता निकै खुशी देखिए ।
छविराज प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘हवल्दार सुन्तली’लाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । आफ्नै सहकर्मीबाट बलात्कृत सिपाही सुन्तली धामीको घटनामाथी बनेको यस सिनेमाको मुख्य पात्रमा शिल्पा पोखरेल रहेकी छिन् । चलचित्रमा शिल्पालाई किशोर खतिवडा र सविन श्रेष्ठले साथ दिएका छन् । चलचित्रमा शिवम अधिकारीको स्क्रिप्ट रहेको छ भने चलचित्रलाई मदन घिमिरेले खिचेका हुन् । कोरियोग्राफी कविराज गहतराजको छ ।
For More videos Log on to Mazzako TV








