‘ह्यारी पोर्टर’ लेखिकाले भनिन्, ‘नेपाल आउन पाँउदा खुशी लाग्यो’
मज्जाको अनलाईन, चैत्र ७ गते, शनिवार, २०७१, काठमाण्डौ ।
संसारमा सबैभन्दा बढी बिक्री भएको उपन्यास हो ‘ह्यारी पोर्टर’ । यही उपन्यासकी लेखिका जेके रोलिङ्ग यतिबेला नेपालमा छिन् । उनले ‘द ब्रिटिश स्कुल’का विद्यार्थीहरुसँग साक्षात्कर पनि गरेकी छिन् । उनलाई आफ्नै आँखा अघि देख्न पाउदा स्कुलका विद्यार्थीहरु छक्क परेका थिए ।
बेलायती लेखिका रोलिङ्गले विद्यार्थीहरुसँग खुलेरै कुराकानी गरिन् । जीवन संघर्ष, लेखन यात्राका बारेमा विद्यार्थीहरुले राखेको जिज्ञासा मेटाउने उनले कोशिष गरिन् । त्यस्तै उनले आफ्नो चर्चित उपन्यास ‘ह्यारी पोर्टर’को पहिलो श्रंखलाको केही अंश पढेर पनि सुनाईन् ।
रोलिङ्ग आफ्ना पुराना मित्र बेलायती दूतावासका सुरक्षा अधिकारी कर्नेल ह्यारिसलाई भेट्न नेपाल आएको बताएकी छन्। उनी आफ्नो निजी बिमान चढेर नेपाल आएकी हुन् । उनको यो पहिलो नेपाल भ्रमण हो । आफुलाई नेपाल मन परेको उनले प्रतिक्रिया दिएकी छिन् । ‘सुन्दर देशमा आउन पाउदाँ खुशी लागेको छ’, उनको प्रतिक्रिया यस्तो छ ।
रोलिङको सन् १९६५ मा बेलायतमा जन्म भएको हो । उनलको बाल्यकाल निकै संघर्षपूर्ण बितेको थियो । ह्यारी पोटरको सातौं शृंखलासम्म लेखेकी उनी अहिले भने बेलायतमा धनी महिलाको सूचीमा पर्छिन्। ह्यारी पोर्टर ४० करोडप्रतिभन्दा बढी बिक्री भएको छ। ह्यारी पोर्टर लेखिका रोलिङ्ग आइतबार फर्किने बताइएको छ।
For More videos Log on to Mazzako TV










