‘प्रमाण बिनै रेखा र मलाई बद्नाम गर्न खोजियो’ : सुर्दशन गौतम
मज्जाको अनलाईन, चैत्र ६ गते, शुक्रबार, २०७१, काठमाण्डौं ।
दुवै हात नभएर पनि सगरमाथा आरोहण गरी विश्व किर्तिमान राख्न सफल सुदर्शन गौतमले केही युवाहरुलाई विदेश लगिदिने भन्दै लाखौ रकम लिएर अमेरिका फरार भएको भन्ने समाचार केही दिन अघि एक साप्ताहित पत्रिकामा प्रकाशित भयो । जसबारे सुदर्शनले अमेरिकाबाटै प्रेस विज्ञप्ती निकालेर खण्डन गरेका छन् ।
‘हिम्मतवाली’ चलचित्रका नायक समेत रहेका सुदर्शनले आफु र नायिका रेखा थापालाई सुनियोजित रुपमै बेइज्जत गर्ने हिसाबले छापिएको समाचार झुठो भन्दै दुःख व्यक्त गरेका छन् । आफुले कसैलाई नठगेको , कसैको पैसा खाएर सुईकुच्चा नठोकेको उनको भनाई छ । प्रमाण जुटाएर समाचार लेखिदिएको भए आफु आभारी हुने पनि उनले लेखेका छन् ।
फेसबुक मार्फत जारी गरिएको उनको प्रेस विज्ञप्तीमा उनले लेखेका छन् ‘यदि मैले करौडो रुपैया लिएर फरार भएको भए क–कसको रकम लिएको र कुन प्रहरी चौकीमा कति दर्ता नम्बरमा केश दर्ता भएको थियो भन्ने ‘डिटेल्स’ पनि लेख्नु भएको भए आभारी हुनेथिए ।
उनले अगाडी लेखेका छन् ‘म मृत्युलाई पनि जितेर आएको मर्द हो, फरार र भागेर हिड्ने लाचार र नामर्द होइन्’, यदि गल्ती मैले गरेको नै थिए भने पनि समस्यासंग जुध्ने र सामाधान गर्न सक्ने क्षमता भएको मान्छे हु म , भागेर हिड्ने कायर होइन।’ उनले आफु दुईमहिना पछि नेपाल आउने पनि प्रेस विज्ञप्तीमा जानकारी गराएका छन् ।
उनले नायिका रेखा थापाको नाम आफुसँग जोडेर उनलाई बदनाम नगरिदिनुहुन पनि अनुरोध गरेका छन् । रेखालाई उनले गड फादर मानेको पनि प्रेस विज्ञप्तीमा पढ्न पाईन्छ । आफ्नो काम र नामसंगै रेखाको पनि नाम जोड्दै उनको पनि बदनाम गराउन खोज्नु न्यायपुर्ण नभएको सुदर्शनको भनाई छ ।
For More videos Log on to Mazzako TV










