‘नमस्ते नेपाल’ को प्रोमो यस्तो छ ।
मज्जाको अनलाईन, चैत्र ३ गते, मंगलबार, २०७१, काठमाण्डौं ।
फिल्म ‘नमस्ते नेपाल’ को प्रोमो सार्वजनिक भएको छ । नृत्य निर्देशक राजु शाहले निर्देशन गरेको यो फिल्मको सम्पूर्ण छायाँकन युरोपियन मुलुकमा गरिएको छ । सार्वजनिक २ मिनेट ४८ सेकेण्डको प्रोमोमा कलाकारको रोमान्सलाई देख्न सकिन्छ । यो फिल्मको हाल पोस्ट प्रोडक्सन चल्दैछ ।
फिल्म ‘नमस्ते नेपाल’ को लभ स्टोरी फिल्म ‘नमस्ते नेपाल’ मा सविन श्रेष्ठ, श्याम श्रेष्ठ, विदेशी युवती एना, अनुज प्रधान, गोपाल ढकाल ‘छन्दे’, सनम कुमार वैरागी, कमला दाहाल, नरेन्द्र थापा, पार्वती अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । द्वारिका प्रोडक्सन प्रा.लिको ब्यानरमा निर्मित यो फिल्ममा प्रदीपकुमार उदय, मन्दिरा श्रेष्ठ र रिजु शाहको संयुक्त लगानी रहेको छ । निर्देशक शाह र कलाकार ढकाल मिलेर फिल्मको कथा लेखेका हुन् ।
फिल्म ‘नमस्ते नेपाल’ मा बसन्त सापकोटा, ओम सुनार रियाज सिवाकोटीको संगीत रहको छ । साउन १ गतेबाट नेपाल प्रदर्शनमा आउने यो फिल्म विदेशमा भने अंग्रेजी मे महिनादेखि नै प्रदर्शन हुनेछ ।
For More videos Log on to Mazzako TV








