मज्जाको अनलाईन, फागुन ३० गते, शनिवार

‘राई इज किंग’ अर्थात राजेश पायल राई जहाँ जहाँ आफ्नो सांगितिक प्रस्तुती का लागि पुग्छन्, त्यहाँ उनले जोडदार छाप छोडेरै आउछन् । २० औं हजार दर्शकका सामु निकै जोशिलो ढंगमा प्रस्तुत भएका राजेशले जब स्टेजमा चढेर गीत गाउन सुरु गरे भीड यसरी अगाडी बढ्यो कि थेग्न नसकेर स्वयंसेवक र सुरक्षाकर्मीलाई पनि निकै हम्मे हम्मे पर्यो । ‘दर्शकको भीड थेग्न सुरक्षा कर्मी साथीहरुले लाठी चार्ज गर्नुपर्यो’, टेलिफोन सम्पर्कमा आएका राजेशले भने, ‘आम दर्शक र स्रोतालाई मेरो कार्यक्रम हेर्न आउदाँ परेको असुविधा प्रति म क्षमा माग्न चाहान्छु’ ।

Rajesh Pyal Rai 7
ननस्टप ३५ वटा गीत गाएर दर्शकको वाहवाही त उनले पाए नै तर दर्शकले भने उनको कार्यक्रम हेर्न निकै सास्ती पनि खेप्नु पर्यो । सुदुरपश्चिम कञ्चनपुरको सिमावर्ती कृष्णपुर वानीमा भएको कार्यक्रममा उनले नेपाली मात्रै नभएर भोजपुरी गीत समेत गाए । ‘दादा रे दादा’ र ‘बनल बापके बिगडल छौडी’ गाईरहदा सुदुरपश्चिमका दर्शकले ‘वान्स मोर’ नभनिकन रहनै सकेनन् ।

Rajesh Pyal Rai 8
उदय सरस्वती कलेजको स्थापनार्थको लागि आयोजना गरिएको कार्यक्रममा राजेशले नाई नभन्नू ल ३, दर्शन नमस्ते, नौजाले मायाले, शिरै फुल शिरवन्दी, सागर सरी चोखो माया, दिक्तेल बजार, मोहनी लाग्ला है, मार्छु कि क्या हो ठुली, दर्शन नमस्ते जस्ता हिट गीत सुनाएर सबैको मनमा बस्न सफल भए । ‘दर्शन नमस्ते’ र ‘मर्छु कि क्या हो ठुली’ उनले ४ पटक सम्म गाउनु परेको थियो ।

Rajesh Pyal Rai 4
‘दर्शक मेरा भगवान हुन, दर्शकले वान्स मोर भनेको खण्डमा वहाँहरुको इच्छाअनुसार म दोहो¥याईन, तेहे¥याईकन पनि गीत सुनाउने गरेको छु’, राजेश निकै जोशिदै भन्छन् ‘सुदुरपश्चिमवासीले दिनुभएको माया म जिन्दगीभर कहिल्यै पनि भुल्ने छैन’ ।

Rajesh Pyal Rai 2
कार्यक्रमका आयोजक सागर नेगीका अनुसार आज सम्मकै अध्याधिक दर्शक राजेश पायलकै कार्यक्रममा आएका हुन् । दर्शकको उल्लेख्य सहभागीताले कार्यक्रम सोचेभन्दा राम्रो भएको पनि उनले प्रतिक्रिया दिएका छन् ।

Rajesh Pyal Rai 3

Rajesh Pyal Rai 5

 

For More videos Log on to Mazzako TV