एनआरएनको कार्यक्रममा हमालको अगाडी बरालले ‘अब चोटहरु’ गाउने
मज्जाको अनलाईन समाचार, काठमाण्डौं, फागुन २८– आफ्नो तेश्रो साधारण सभाको अवसर पारेर एनआरएन अमेरिकाले आगामी मार्च २१ तारिखका दिन भब्य सांस्कृतिक तथा सांगितिक कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा नेपाली फिल्मका महानायक राजेश हमाल र चर्चित पाश्व गायक यम बरालसहित आधा दर्जन बढी कलाकारहरुको प्रस्तुती रहने छ ।

महानायक हमाल प्रमुख अतिथि रहने सो कार्यक्रममा गायक बरालले फिल्म ‘अल्लारे’ को ‘अब चोटहरुले पिरोल्दैन मलाई, गहिरो घाउ छातिमा छ’ बोलको बहुचर्चित गीत गाउने भएका छन् । ‘राजेश दाईको सम्मानमा उक्त गीत गाउँने छु’, उनले सुनाए । यो गीतको मर्मलाई वुझेर नायक राजेश हमालले फिल्ममा समेत बास्तविक रुपमा रोएरै अभिनय गरेका थिए ।
अमेरिकाको वासिंगटन डिसी स्थित मेरिल्यान्डमा हुने उक्त कार्यक्रममा नायिकाहरु अनुपमा प्रसाँई , रंञ्जना शर्मा , गायिकाहरु नलिना चित्रकार, संगिता थापा मगर, पबित्रा परियार, श्याम गुरुङ् ,मधुँ क्षेत्री, खेम संग्रौला, तिलक श्रेष्ठ, कलाकार तथा मोडल एकता कार्की , लोक गायिका मन्जु पुन र लोक गायक राम प्रसाद खनाल समेतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
For More videos Log on to Mazzako TV







