गायक हेमन्त शर्माको पहिलो प्रेमिका को ? हेरौं आफै ।
फागुन २७ गते बुधबार, २०७१, काठमाडौं ।
नवलपरासीको त्रिवेणी गाउँमा जन्मेका गायक हेमन्त शर्मा यतिखेरका व्यस्त गायक मध्येका एक हुन् । उनले गायनलाई नै मुख्य पेशा बनाएका छन् । देशका बिभिन्न जिल्ला लगायत बिदेशमा हुने कार्यक्रममा पनि आफ्नो प्रस्तुती पस्कन पुगेका हुन्छन् ।
यसैक्रममा गायक हेमन्त शर्मासँग रेडियो अडियो अनलाईन (एरेडियो अडियो डटकम )ले गरेको पहिलो एक दर्जन प्रश्नहरु यस्तो छ ।
१. तपाईको पहिलो गित ?
– मेरो पहिलो रेकडेड गित भनेको मुटु भित्र तिम्रो मेरो नाम गुन्जिरहन्छ हो । जसमा शब्द रचना सरोज पन्तको छ ।
२. तपाईको पहिलो आम्दानी ?
– मैले एस.एल. सी. पास गरेपछि भैरहवामा ट्युसन पढाउँथेँ । एउटा सिख बच्चा थिए अहिले त ठुलो भए होला । मैले उसलाई जबरु भन्थें ।
३. तपाईको पहिलो प्रेमिका ?
– मेरो पहिलो प्रेमिका मेरी श्रीमती रितु नै हुन् ।
४. तपाईको पहिलो सन्तान ?
– मेरो जम्मा दुई सन्तान हुन् । पहिलो छोरा हिरक हेमन्त भट्टराई हो ।

५. तपाईको पहिलो माया ?
– मैले पहिलो माया त मेरो आमालाई नै गरेको हुँ । र बिपरीत लिङ प्रतिको माया भन्दा चाँहि मैले मेरी श्रीमती रितुलाई गरेको हुँ ।
६. तपाईको पहिलो अन्तवार्ता ?
– मेरो पहिलो अन्तवार्ता सायदै बि.सं २०५७ सालमा हुनुपर्छ । पत्रकार कृष्ण भट्टराईले लिनुभएको हो जो अहिले कान्तिपुर साप्ताहिकमा हुनुहुन्छ ।
७. तपाई पहिलो पटक काठमाडौं कहिले र किन आउनु भयो ?
– म कक्षा ७ मा पढ्दा शैक्षिक भ्रमणमा पहिलो पटक काठमाडौं आएको हुँ । त्यतिखेर पोखरा, गोरखा र काठमाडौंको भ्रमण थियो । काठमाडौं आएर एउटा फिल्म पनि हेरेको याद छ, बिश्वास फिल्म हेरेको थिएँ ।
८. तपाईले पहिलो पटक हेरेको फिल्म ?
– पहिलो पटक हेरेको फिल्म त हिन्दी फिल्म दममारो दम हो । मेरो जन्मस्थान नवलपरासीको त्रिवेणीमा आमा र हजुरआमा सँग हेरेको थिएँ । नेपाली फिल्ममा भने सम्झना फिल्म हो ।
९. तपाईको पहिलो चकचक ?
– सानो सानो मा त पक्कै पनि धेरै भयो होला तर अहिले ठ्याक्कै पहिलो पटकको चकचक याद भएन ।
१०. तपाईको पहिलो मोबाइल सेट ?
– आज भन्दा १० बर्ष अगाडि कतारबाट मेरो साथी गोबिन्द के.सी.ले पठाइदिनु भएको नोकिया मोबाइलको ८३१० मोडल जुन चिटिक्क परेको थियो ।
११. तपाईको पहिलो सवारी साधन ?
– मैले पहिलो पटक चढेको सवारी साधन साइकल हो जुन मेरो बाबाले किनिदिनु भएको हो । आफ्नै आम्दानीले किनेको सवारी साधन चाँहि हिरो होन्डा बा १० प ३२६४ नम्बरको हो ।
१२. तपाईको पहिलो बिदेश भ्रमण ?
– मेरो पहिलो बिदेश भ्रमण सन् २००० मा कतार हो ।
साभार – एरेडियो अडियो डट कम
For More videos Log on to Mazzako TV








