रिमालाई देखेर केटा भुतुक्कै, तर उनले के गरिन् सुटुक्कै ? (भिडियो बोल्छ)
मज्जाको अनलाईन, फागुन २७ गते, २०७१, काठमाण्डौं ।
गीतको बोल छ, ‘तिमी पनि एक्लै म पनि एक्लै’ । गीतमा आवाज समिर आचार्यको छ भने शब्द संगीत राजनराज शिवाकोटीको हो । गीत सुन्दा जति मिठो लाग्छ, गीतको भिडियो हेर्दा झन रमाईलो छ ।
भर्खरै सार्वजनिक गरिएको यस गीतको भिडियोमा रिमा विश्वकर्मा , किरण ल्याकुल, विनोद न्यौपाने, सौगात र अनन्त तिमिल्सिनाले अभिनय गरेका छन् । भिडियोको निर्देशन प्रशन्न पौडेलले गरेका हुन् । भिडियोमा पछि लाग्ने केटाहरुको चंगुलबाट एक युवतीले कसरी छुटकारा पाउछिन भन्ने कुरा रमाईलो ढंगबाट देखाउन खोजिएको छ ।

७ बर्षदेखि अष्ट्रेलियामा बस्दै आएका गायक समिर आचार्यले यो कुनै एल्बममा समावेश गीत नभएको जानकारी गराएका छन् । आफूले एउटा गीत मात्र रेकर्ड गराएर भिडियो तयार पारेको उनको भनाई छ । भिडियोमा विदुर पाण्डेको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ । गायक आचार्यले यसअघि २ एल्बम बजारमा ल्याइसकेका छन् ।
लौ, भिडियो हेरौं ।
For More videos Log on to Mazzako TV








