मज्जाको अनलाईन, फागुन २५ गते सोमबार,  २०७१, काठमाण्डौं ।

नयिका सुमिना घिमिरेले आज हिन्दु परम्परा अनुसार विवाह गरेकी छिन् । राजधानीको नयाँ बानेश्वर स्थित इन्दे्रणी ब्याङक्वैटमा आज प्रेमी रोशन सापकोटासँग उनको विवाह भएको हो । काभ्रेपलाञ्चोक स्थायी घर भएका रोशनले नायिका सुमिना घिमिरेलाई औठी पहिरियाएर उनको सिउदोमा सिन्दुर भरे ।

Sumina 1
पेशाले पाईलट रोशनले केही गीतमा आवाज पनि भरेका छन्् । साथै उनले केही गीतहरुमा मोडलिङ्ग पनि गरेका छन् । जन्ती सहित जडिबुटी बाट दुलाहा सापकोटा करिब १२ बजेतिर इन्द्रेणी ब्याङक्वैटमा पुगेका थिए । नायिका सुमिनाको विवाहमा फिल्म क्षेत्रका अनुहारहरु कोही पनि देखिएनन् । नायक मुकेश आचार्य र नायिका कल्पना शाही बाहेक फिल्म क्षेत्रका कसैलाई पनि उनले विवाहमा डाकेकी थिइनन् ।

Sumina 2
चलचित्र छविलाल कञ्जुस छैनबाट नेपाली फिल्म नगरीमा प्रवेश गरेकी नायिका सुमिनाले एक दर्जन बढी फिल्ममा अभिनय गरेकी छिन् । उनले केही समयअघि अब फिल्म नखेल्ने भनेर उद्घोष समेत गरेकी थिईन । विवाह गर्नु केही समय अघि देखि नै मोबाईल नम्बर परिवर्तन गरि उनी फिल्म नगरीबाट टाढा भएकी थिईन । अब विवाह पछि फिल्म क्षेत्रमा फर्कने उनको सम्भावना न्यन देखिन्छ ।

Sumina 3

नायिका सुमिना घिमिरेलाई मज्जाको अनलाईन परिवारको तर्फबाट सुखद दाम्पत्य जीवनको शुभकामना ।

Sumina 4

Sumina 5

 

Sumina 8

Sumina 7

For More videos Log on to Mazzako TV