खेल्दै होली झमझम…, शुरु भयो ठमेल डट कम
मज्जाको अनलाईन, फागुन १९ गते मंगलबार, २०७१, काठमाण्डौं ।
‘ठमेल डट कम’ यो नाम हो अब बन्न लागेको चलचित्रको । आज यही नाम गरेको चलचित्रको शुभ मुहुर्त गरियो । ‘ठमेल डट कम’लाई गोपीकृष्ण मुभिजले बनाउन लागेको हो । आज राजधानीमा गोपीकृष्ण मुभिजले आयोजना गरेको कार्यक्रममा सुचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले क्ल्याप ठोकी औपचारिक रुपमा चलचित्रको शुभ मुहुर्त गरे ।
हेली सेलिब्रेसन सहितको रमाईलो कार्यक्रममा सञ्चारमन्त्री रिजालले चलचित्रलाई सफल्तको शुभकामना पनि दिन भ्याए । सो अवसरमा चलचित्रका मुख्य कलाकार प्रमोद अग्रहरी र नितु पोखरेलले चलचित्रको मुहुर्त सट पनि दिए । राजकुमार शर्माको निर्देशनमा बन्ने चलचित्र ‘ठमेल डट कम’ चैत्र ५ गतेबाट फ्लोर ज्वाईन गर्ने बताईएको छ ।
‘ठमेल डट कम’को शुभ मुहुर्तसँगै आयोजक संस्थाले होली सेलिब्रेसनको बिशेष कार्यक्रम पनि राखेको थियो । जहाँ, होली खेल्न विभिन्न सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरु, चलचित्रकर्मीहरु र गायक गायिकाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा ‘होष्टल रिर्टन्स’, ‘पुर्नजन्म’ लगायत फिल्मका कालकारहरुको उपस्थ्तिी देखियो । गायक तथा संगीतकार टंक बुढाथोकी, गायक युवराज चौलागाई, गायिका सहिमा श्रेष्ठ लगायतले गीत गाएर सबैलाई नचाएका थिए ।