मज्जाको अनलाईन, फागुन १८ गते सोमबार, २०७१, काठमाण्डौं ।

अब दर्शकको मन चोर्न अब ‘लुटेरा’ आउने भएको छ । चलचित्र ‘लुटेरा’को आज राजधानीमा शुभमुहूर्त गरियो । आरध्यदेव पशुपति नाथ मन्दिरमा पूजापाठ गरे संगै आजबाट चलचित्र ‘लुटेरा’ले फ्लोज ज्वाईन गरेको छ । ३० बर्षको फिल्म वितरण अनुभव पश्चात वितरक गोपाल कायस्थले ‘लुटेरा’ बनाउन लागेका हुन् । उनलाई चलचित्रको निर्माणमा बसन्त कुमार श्रेष्ठले साथ दिएका छन् ।

Nepali Film Lootera
यसअघि नायिका रेखा थापा चलचित्रमा हुने भनिएतापनि अन्तिम समयमा आएर चलचित्रमा उनको स्थानमा नायिका निशा अधिकारीलाई लिईएको छ । रेखासंग विभिन्न कुराहरु नमिल्दा यो प्रोजेक्टमा निशा अधिकारीको ईन्टी भएको बुझिएको छ । चलचित्रका अन्य कलाकारहरुमा एक्सन हिरोहरु निखिल उप्रेती, सविन श्रेष्ठ रहनेछन् भने नायिका हर्षिका श्रेष्ठको पनि चलचित्रमा मुख्य भुमिका रहनेछ । चलचित्रको निर्देशन दयाराम दहालले गर्नेछन् ।

Dayaram Dahal and Harshika Shrestha
निर्माता गोपाल कायस्थका अनुसार अहिलेसम्म नेपाली चलचित्रमा नदेखिएका एक्सनका सिनहरु  ‘लुटेरा’मा हेर्न पाईनेछ । ‘नायक निखिल उप्रेतीको एक्सन र स्टन्डहरुको भरपुर मज्जा दर्शकले यो चलचित्रमा लिन पाउनेछन्’, निर्माता कायस्त भन्छन् ‘हामी कुनै कम्प्रमाईज नगरिकन चलचित्र बनाउदैछौ ‘। यता चलचित्रलाई लिएर नायक निखिल पनि निकै उत्साहित देखिन्छन् । ‘लुटेराले दर्शकको मन जित्छ भन्नेमा विश्वस्त छु’, उप्रेती भन्छन् ।

Nikhil Nisha and Gopal Kayastha
काठमाण्डौं उपत्यका आसपासमै छायाँकन हुने यस चलचित्रमा एक्सन हिमाल केसीको रहनेछ भने संगीत बसन्त सापकोटाको हुनेछ । चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने र राजु शाहको कोरियोग्राफी रहनेछ । चलचित्रलाई शिव ढकालले खिच्नेछन् ।

Sabin Shrestha and Harshika Shrestha

दुई दिन देखि निरन्तर परेको झरीका बीच मुर्हत गरिएको ‘लुटेरा’लाई फिल्मकर्मी एवं नेकपा एमालेका सभासद रामबीर मानन्धरले क्ल्याप ठोकेर शुभसाईत गरेका थिए थिए जहाँ फिल्म क्षेत्रका चलेका निर्माताहरुको पनि उपस्थिती थियो ।

Nikhil And chhabi raj ojha

For More videos Log on to Mazzako TV