राजधानीका दुई हलमा ‘तथास्तु’ को ५१ दिन
मज्जाको अनलाईन समाचार, काठमाण्डौं, फागुन १७–
काइट्स इन्टरटेनमेन्टको प्रस्तुतीमा निर्देशक सबिर श्रेष्ठले निर्माण गरेको फिल्म ‘तथास्तु’ ले राजधानीका दुई वटा हलमा प्रदर्शनको ५१ दिन पार गरेको छ । बालाजुको अष्टनारायण र ग्वार्कोको गुण हलमा फिल्म ‘तथास्तु’ ले प्रदर्शको ५१ दिन पार गरेको काठमाण्डू वितरक गोपाल कायस्थले बताए ।

वितरक कायस्थले फिल्म ‘तथास्तु’ बाट निर्माता एवं निर्देशक सबिर श्रेष्ठ घाटामा नजाने समेत बताए । उनले भने, ‘सबिरकोे लगानी सुरक्षित भएको छ । अष्टनारायण र गुण हलमा ‘तथास्तु’ ले प्रदर्शनको ५१ दिन मनाउन समेत सफल भएको छ ।’ अष्टनारायण हलका सञ्चालक त्रिरत्न मानन्धरले फिल्म ‘तथास्तु’ ले प्रदर्शनका ५१ दिन मनाएको थप पुष्टि गरे । प्रदर्शनमा आएका अन्य फिल्ममा दर्शक कम आएपछि ‘तथास्तु’ ले अष्टनारायण हलमा ५१ दिन मनाउन सफल सञ्चालक मानन्धरको भनाई छ ।
फिल्म ‘तथास्तु’ ले ५१ दिन मनाउन सफल भएपनि खुसीयालीका कुनै कार्यक्रम भने तय भैनसकेको निर्माता रामहरी धितालले बताए । पहिलो फिल्मबाटै सफलता हाँसिल भएपछि आफु पुनः नेपाली फिल्म निर्माणमा आउने निर्माता धितालले बताए । सबिर श्रेष्ठको प्रस्तुतीमा रामहरी धितालको निर्माण र राजेन्द्र जोशीको सह निर्माण रहेको फिल्म ‘तथास्तु’ को लागत ५२ लाख छ ।
रेखा थापा स्टारर फिल्म ‘तथास्तु’ मा उनी सहित किशोर खतिवडा, सुवास थापा र विज्ञान जोशीको मुख्य भूमिका छ । बन्द हड्ताल र अन्य दुई फिल्म एकसाथ प्रदर्शनमा आउँदा ‘तथास्तु’ ले सोचे अनुरुप व्यापार भने गर्न असमर्थ रह्यो । विषम परिस्थितिमा पनि फिल्मको लगानी भने सुरक्षित भएको छ ।
For More videos Log on to Mazzako TV







