अब बनेर ‘गोरे’…, दिलिप रायमाझी आउने हो रे !
मज्जाको अनलाईन, फागुन १७ गते आईतबार, २०७१, काठमाण्डौं ।
नायक दिलिप रायमाझी अब ‘गोरे’ बनेर तपाई दर्शक माझ आउने भएका छन् । भर्खरै उनी अभिनित चलचित्र ‘लोग्ने मान्छे’ हलमा लगेको थियो तर फिल्मले सोचेजति ब्यापार भने गर्न सकेन । ‘लोग्ने मान्छे’बाट निकै आशा राखेको दिलिपको आशामाथी तब तुसारापात भयो जब उनको सिनेमा हेर्न हलमा दर्शक गईदिएनन् । तर उनै दिलिपले अब ‘गोरे’लाई भने दर्शकले मन पराउनेमा विश्वस्त रहेको बताएका छन् ।
कुनै बेलामा सुपरहिट चकलेटी हिरो दिलिप चलचित्र ‘गोरे’मा मुख्य भुमिकामा देखा पर्नेछन् । यतिबेला चलचित्रको सम्पादन सकिएको छ । रमेशकुमार राई निर्देशित चलचित्र ‘गोरे’मा नायक दिपिलसँगै अनु शाह, डा. गुनु घर्ती, ममता शर्मा, रविन्द्र आचार्य, माधव पण्डित, सञ्चिता सत्याल, सर्य जिसि, अभिषेक गिरी, राकेश कुमार लगायत कलाकारहरुले अभिनय गरेका छन् ।
चलचित्र ‘गारे’का गोरे अर्थात नायक दिलिप रायमाझी आफ्नी प्रेमिकाको खोजी गर्दै गाँउबाट जब शहरमा पुग्छन् तब उनले त्यहाँ के कस्ता संघर्षहरु गर्नु पर्छ भन्ने कुरा यस चलचित्रमा देखाउन खोजिएको छ । चलचित्र ‘गोरे’ जि.यस मुभि मेकर्षको ब्यानरमा बनेको हो ।
For More videos Log on to Mazzako TV









