जुम्ल्याहा बच्चा हुने भन्नेमा हामीमा बिभिन्न किसिमका भ्रमहरु रहेका छन् । खासमा जुम्ल्याहा बच्चा हुने २ कारण हुन्छन् जसको एक कारण भनेको जब शुक्रकिट र डिम्बको बिचमा निसेचन हुन्छ र निसेचन भइसकेपछि  हामि  त्यसलाई फर्टिलाइट जाइगोट भन्छौं ।

Twins baby 1

 

जुन फर्टिलाइट एक चाँही डिम्ब बाहिनी नलिबाट पाठेघरतर्फ आउनेक्रममा बिचमा कहीँ हल्लीयो भने त्यो टुक्रिन्ट अनि जति वटामा टुक्रियो त्यति वटै बच्चाहुने गर्दछ । साधारणतया यो दुई ठाउँबाट टुक्रिने गर्दछ । यदि तिनठाउँबाट टुक्रियो तिनवटै बच्चा हुने गर्दछ । त्यसरी टुक्रिएको सेल यदि छोरा थियो भने दुईवटै छोरा हुन्छ, यदि छोरी थियो भने दुईवटै छोरी हुन्छ । र यो  यदि टुक्रियो भने एकदम सुरुको अवस्थामै टुक्रिन्छ ।

Twins baby

त्यसतै अर्को कारण भनेको यस्तो अवस्था हुन्छ कि हरेक महिना एउटा मात्र डिम्ब निस्कनु पर्ने ठाउँमा कहिले काँही दुईवटा डिम्ब निस्किने गर्दछ । त्यसतो दुईवटै डिम्ब निस्कियो भने दुईवटै डिम्बमा शुक्रकिट प्रशस्त मात्रामा हुने भएकोले शुक्रकिट र डिम्बको मिलन हुन्छ र दुईवटै डिम्ब फटिलाइट हुने गर्दछ । र ति दुईवटै डिम्बबाट बच्चा जन्मिन्छ ।

त्यसतो बच्चा चाँहि एउटा छोरा एउटा छोरी पनि हुनसक्छ अथवा दुईवटै छोरा वा दुईवटै छोरी पनि हुनसक्छ किनभने छुट्टा छुट्टै डिम्बबाट छुट्टा छुट्टै बच्चा बन्ने हुन्छ ।

साभार – एरेडियोअडियो डटकम बाट

For More videos Log on to Mazzako TV