मज्जाको अनलाईन, फागुन १७ गते आईतबार २०७१, काठमाण्डौं ।

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’का पात्र ‘दर्शने’लाई नचिन्ने सायदै होलान । दर्शनेको थेगो यतिबेला जति हिट छ त्यती नै हिट छन् ‘दर्शने’ अर्थात सुरेश थापा । ‘मेरी बास्सै’मा झण्डै दुई महिना अघि देखि ‘दर्शने’ पात्रको रुपमा पर्दामा आईरहेका सुरेशले अभिनय गर्न थालेको भने झण्डैं ८ बर्ष भईसकेको छ । उनले यो अवधिमा विभिन्न नाटक, सानो पर्दा र ठुलो पर्दामा समेत काम गरेका छन् । तर पनि उनलाई आम दर्शक माँझ भने ‘दर्शने’ भन्ने क्यारेक्टरले नै चिनाएको छ ।

Darshane 4

जनआन्दोलन २०६२/६३ को बेलामा प्रहरीको लठ्ठी टाउकोमा लागेर घाईते भएको पात्रको रुपमा ‘मेरी बास्सै’मा देखा परेका सुरेश आफ्ना सफल्ताको श्रेय ‘मेरी बास्सै’का निर्देशक सिताराम कट्टेललाई दिन्छन् । ‘मेरी बास्सै’मा अभिनय गर्न थालेको छोटो समयमै उनको थेगो सबैको प्रिय भईसकेको छ । उनलाई प्राय सबैले सुरेश भन्दा पनि ‘दर्शने’ नै भनेर बोलाउने गरेको उनी सुनाउछन् ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘शंखचक्र’बाट आफ्नो अभिनय यात्रा शुरु गरेका सुरेश थापाले कान्तिपुरबाटै प्रसारण हुने ‘घरबेटी बा’ मा पनि अभिनय गरे तर उनी त्यति चर्चामा आएका थिएन ।

उनै ‘दर्शने’ अर्थात सुरेश थापाले रेडियो अडियोसँग आफ्नो क्यारेक्टरको बारेमा गरेको कुराकानी हेरौं ।

For More videos Log on to Mazzako TV