मज्जाको अनलाईन, फागुन १५ गते शुक्रबार, २०७१, काठमाण्डौं ।

शुक्रवारबाट अल नेपाल रिलिज भएको नेपाली सिनेमा ‘अझै पनि’ले ब्यापारिक सफलताको सुखद संकेत दिएको छ । जति दर्शकले चलचित्र हेरे सबैले चलचित्रलाई राम्रो भनेका छन् ।

released

विशुद पारिवारिक प्रेमकथा बोकेको चलचित्र भएकाले पनि चलचित्रले दर्शकको मन जित्न सफल भईरहेको चलचित्रका निर्माता तथा कलाकार सुर्दशन थापा प्रतिक्रिया दिन्छन् । आफ्नो चलचित्रको ब्यापार शनिवारबाट अझै उकालो लाग्ने उनको ठ्म्याई छ । आफ्नो चलचित्रको ब्यापार ‘वर्ड अफ माउथ’ले अझ बढेर जाने कुरामा उनी निकै आशावादी देखिएका छन् । आलोक नेम्वाङ्गको अन्तिम चलचित्र भएकाले पनि अधिकांश दर्शक हलसम्म पुगेको देखिन्छ ।

देशभरिका ४९ वटा हलहरुमा प्रर्दशन भईरहेको चलचित्र ‘अझै पनि’ काठमाण्डौंमा मात्रै पनि १९ वटा हलहरुमा प्रर्दशन भईरहेको छ । चलचित्रकी निर्माता पुनम गौतमले चलचित्रलाई लिएर आफुलाई बधाईको ओईरो आएको बताईन् । पहिलोपटक चलचित्रमा लगानी गरेकी उनले आफुले गरेको कामको सहि मुल्यांकन भएकोमा आफु गद्गद् भएको बताईन् ।

स्वं. निर्देशक आलोक नेम्वाङ्गको अन्तिम चलचित्र ‘अझै पनि’मा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, विजय लामा, पुष्प खड्का, विशाल ढुंगाना, प्रमिला खनाल, बिपना धिमाल, मिथिला शर्मा, रामशरण पाठक लगाएतका कलाकारहरुको अभिनय रहेको छ । राजेश श्रेष्ठको छायांकन, महेश खड्का, हरि लम्साल, सचिन सिंह र राजनराज सिवाकोटीको संगीत रहेको यो चलचित्र पुनम इन्टरटेन्मेण्ट र सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा बनेको हो ।

For More videos Log on to Mazzako TV