‘भूलभूलैया’लाई भयो ‘इजी’,… पाएर २५ लाख ‘एम जी’
मज्जाको अनलाईन, फागुन १४ बिहिबार, २०७१, काठमाण्डौं ।
नेपाली चलचित्र बजारमा यतिबेला ‘एम.जी’ अर्थात मिनिमम ग्यारेन्टी खुबै चल्न थालेको छ । मिनिमम ग्यारेन्टीले गर्दा चलचित्रका निर्माताहरुलाई चलचित्रमा लगानी गर्न थप हौसला मिलेको छ । तर वितरकलाई पनि यो ‘रिक्स फ्याक्टर’ पनि हो । हुन त जहाँ बढी ‘रिक्स’ त्यहाँ बढी ‘रिर्टन’ भन्ने विजनसको सुत्र पनि हो । त्यही भएर पनि होला यतिबेला वितरकहरु अपेक्षा गरिएका फिल्महरुलाई ‘एम.जी’ दिईरहेका छन् ।
चलचित्र ‘वडा नम्बर ६’ र ‘नाई नभन्नु ल ३’ पछि यतिबेला ‘भूलभूलैया’ले पनि ‘एम.जी’ पाएको छ । ‘भूलभूलैया’को काठमाण्डौं रिलिजको लागि वितरक गोपाल कायस्थले २५ लाखको मिनिमम ग्यारेन्टी दिएका छन् । अब चलचित्रको ब्यापार जस्तो सुकै भएपनि निर्माताको गोजीमा २५ लाख पक्का भएको छ । २५ लाखको ‘ब्रेक इभन पोइन्ट’ भन्दा माथीको ब्यापारको भने वितरक र निर्माताले आधा आधा सेयर गर्न पाउनेछन् ।
चैत्र १३ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘भूलभूलैया’मा जिवन लुईटेल, नीता ढुंगाना, सोहित मानन्धरको मुख्य भूमिका रहेको छ । चलचित्रको अष्ट्रेलिया र अमेरिका शो पनि पक्का भैसकेको छ । यतिबेला चलचित्रको प्रिमियरका लािग नायक जिवन लुईटेल अमेरिकामा नै छन् । चलचित्रका निर्माता मध्येका एक शुशिल कार्कीले अमेरिकामा चलचित्रको प्रिमियरको वातावरण मिलाएका हुन् ।
अमेरिकाको टेक्सासमा मार्च ८ तारिखका दिन फिल्मको प्रिमियर गरिंदैछ भने मार्च २८ मा वासिङ्टनमा पनि बिशेष शो गरिनेछ । यस्तै अष्ट्रेलियामा रहेका निर्माता दिनेश पोखरेलले पनि अष्ट्रेलियामा चलचित्र रिलिजको माहोल बनाईरहेका छन् ।
त्रिकोणत्मक लभ स्टोरी चलचित्र ‘भूलभूलैया’लाई दिनेशकुमार पोखरेलको प्रस्तुतीमा शुशिल कार्की, सुरेश गौतम र मनिराज कार्कीले निर्माण गरेका हुन् ।
For More videos Log on to Mazzako TV