मज्जाको अनलाईन समाचार, फागुन १३ गते, बुधबार २०७१, काठमाण्डौं ।

स्वं. निर्देशक आलोक नेम्वाङ्ग निर्देशित अन्तिम चलचित्र ‘अझै पनि’को मंगलबार साँझ काठमाण्डौंमा भब्य प्रिमियर गरिएको छ । सो अवसरमा आलोकको नममा स्थापना गरिएको ट्रष्टले संगीतकार शम्भुजीत बाँस्कोटालाई नेपालको पहिलो म्युजिक भिडियो डाईरेक्टर भएकोमा सम्मान पनि गरेको छ ।

Aajhai pani Sambhujit

स्वं. आलोक नेम्वाङ्गकी आमाको हातबाट संगीतकार बाँस्कोटालाई सम्मान गरिएको हो । सम्मान ग्रहण गरेपछि निकै भावुक देखिएका संगीतकार बाँसकोटाले कलाकारहरु कहिल्यै नमर्ने बताउदै आलोकलाई पनि स्वर्गिय नभनिदिन आग्रह गरे । ‘आलोक कहि कतै गएको छैन, उ सम्झना बनेर हामीसँगै छ , एउटा सर्जक कहिल्यै पनि स्वर्गिय हुन सक्दैन, त्यसैले उसलाई स्वर्गिय नभनिदिनुहोला’, उनले भने, ‘आलोकको चलचित्रको नाम झै उ अझै पनि हामीसँगै छ ‘।

 

Sudershan and Pooja Aajhai pani
नेपाली चलचित्र क्षेत्रका पुराना देखि नयाँ सम्मका अधिकांश कलाकार, निर्देशक र प्राविधिकहरुको उपस्थिती देखिएको प्रिमियरमा आलोकको सम्झनामा एक मिनेट मौन धारण पनि गरियो । करिब दुई सय भन्दा बढी म्युजिक भिडियोको निर्देशन गरिसकेका नेम्वाङ्गको अन्तिम चलचित्र ‘अझै पनि’ हेरिरहदा सबै भावुक भएको देखिन्थ्यो ।

aajhai pani Actress
फागुन १५ गतेबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको यस चलचित्रमा सुर्दशन थापा, पुजा शर्मा, मिथिला शर्मा, विजय लामा, रामशरण पाठक, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुङ्गाना, प्रमिला खनाल, विपना धिमाल लगायत कलाकारहरुको अभिनय रहेको छ ।सुदर्शन थापा र महिला उद्यमी पुनम गौतम मिलेर निर्माण गरेको फिल्म ‘अझै पनि’ विशुद्व प्रेम कथामा आधारित सिनेमा हो ।

aajhai pani Suraksha pant

Poonam Gautam Aajhai pani

For More videos Log on to Mazzako TV