किसान नेता भिमदत्त पन्तको जिवनीमा आधारित भीमदत्त’ को च्यारिटी
मज्जाको अनलाईन समाचार, काठमाण्डौं, फागुन ०७–
किसान नेता भिमदत्त पन्तको राजनीतिक एवं पारिवारिक जिवनीमा आधारित फिल्म ‘भीमदत्त’ को राजधानीमा च्यारेटी शो गरिएको छ । मृगौला पिडितका लागि प्रजातन्त्र दिवसको दिनमा गरिएको च्यारेटीमा ‘भीमदत्त’ टिम, फिल्मर्की सहित विप्लव नेतृत्वको नेकपा माओवादीका प्रवत्ता तथा पुर्वमन्त्री खड्गबहादुर विश्वकर्मा उपस्थित थिए ।
फागुन २२ गते नेपाल रिलिज हुने फिल्म ‘भीमदत्त’ को कुमारी हलमा च्यारेटी शो गरिएको थियो । जहाँ नेकपा माओवादी नेता सहित निर्देशक हिमग्याप लामा टासी, नायक संजय खतिवडा, ‘झोला’ निर्देशक यादवकुमार भट्टराई, अभिनेता दीपक क्षेत्री, बीएस राणा उपस्थित थिए । नायक खतिवडाले नेतृत्वमा मृगौला पीडितका लागि च्यारिटी गरिएको हो । माओवादी प्रवक्ता विश्वकर्माले किसान नेता भीमदत्तबाट सबैले अनुकरण गर्नुपर्ने बताए । उनले भने, ‘हामी पनि भीमदत्त बन्न तयार छौं ।’
निर्देशक लामाले देशविदेशबाट फिल्मलाई लिएर राम्रो प्रतिक्रिया मिलेको बताए । उनको यो पहिलो निर्देशकिय फिल्म हो । फिल्म ‘भीमदत्त’ मा नवल खड्का शिर्ष भूमिकामा प्रस्तुत तएका छन् । सँगै नायिकाद्धय निशा अधिकारी, सुमिना घिमिरे, कलाकारहरु रमेश बुढाथोकी, श्रीराम पुँडासैनी, कविता शर्मा लगायतको अभिनय रहेको छ । फिल्म फागुन २२ देखि सार्वजनिक प्रदशर्नमा आउँदैछ ।
For More videos Log on to Mazzako TV