मज्जाको अनलाईन समाचार, काठमाण्डौं, फागनु ०६–

गोपिकृष्ण मुभिजको ब्यानरमा बनेको फिल्म ‘होमवर्क’ को छायांकन सकिएको छ । निरक पौडेलको निर्देशनमा बनेको यो फिल्मको मंगलबार इण्डक्ल्याप गरिएको हो ।

homework

सही होमवर्क गरेमा मात्र आफ्नो गन्तव्यमा पुग्न सकिन्छ भन्ने भनाईका साथ निर्माण गरिएको ‘होमवर्क’ मा आर्यन सिग्देल दोहोरो भूमिकामा देखिएका छन् भने गौरी मल्ल, नम्रता श्रेष्ठ, विजय लामा, जिपी तिमिल्सना लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ । चलचित्रमा नायक आर्यन बृद्धको गेटअपमा समेत प्रस्तुत भएका छन् । उनको बृद्ध गेट अप अनि चलचित्र भित्रका उनका क्रियाकलापहरु चलचित्रको घोषणा सँगै निकै चर्चामा आए । धेरैले उनको फरक गेटअपलाई छायाँकन समयमा नै नविन भनि पतिक्रिया दिएका छन् ।

‘होमवर्क’ को अधिकांश छायाँकन सेट लगाएरै गरिएको थियो । बालाजु स्थित नेपाल चलचित्र विकास कम्पनीको स्टुडियोमा ‘होमवर्क’ का लागि भिन्न–भिन्न सेट लगाइएको हो भने राजधानीका अन्य विभिन्न स्थानमा पनि सेटको प्रयोग निकै गरियो । त्यसो त पोखरा, नारायणघाट लगायतका स्थानमा पनि सेट लगाएरै चलचित्र होमवर्क खिचियो ।

सेट लगाउँदा बजेट केही बढ्न सक्ने भए पनि त्यसले गुणस्तरिय सिनेमा निर्माणमा अर्थ राख्ने भएकोले यसो गरिएको निर्माण संस्थाले जनाएको छ । निर्देशक निरक पौडेल चलचित्र आफ्नो कडा होमवर्कको प्रतिफल भएको बताउँछन् ।

उद्धव पौडेलको प्रस्तुति रहेको ‘होमवर्क’ लाई निकिता पौडेल, निरज पौडेल र निरक पौडेलले निर्माण गरेका हुन । यो फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन भने शिवम अधिकारीले होमवर्क लेखेका हुन ।

For More videos Log on to Mazzako TV