‘झिग्राना’ ले पायो एडल्ट सर्टिफकेट, फागुन २२ मा हुनेछ दर्शकसंग भेट
मज्जाको अनलाईन समाचार, काठमाण्डौं, माघ २९–
आगामी फागुन २२ देखि सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘झिग्राना’ को एक बेडसिनलाई काटेर चलचित्र सेन्सर बोर्डले ‘एडल्ट सर्टिफिकेट’ दिएको छ । कलाकारद्धय निकुन श्रेष्ठ र मेनुका प्रधानको बेडसिनलाई सेन्सर बोर्डले पास नगरेको हो ।
तर, यो बेडसिनलाई कलात्मक ढंगले खिचिएको यो फिल्मको निर्माण पक्षको दाबी छ । एडल्ट सर्टिफिकेट पाएपछि अब यो फिल्मलाई १६ वर्षमुनिका दर्शकले हेर्न पाउने छैनन् । साङ लामा निर्देशित फिल्म ‘झिग्राना’ ले अनुसन्धानको लागि गाउँ हिंडेको गैर सरकारी संस्थाका कर्मचारी र यात्रामा आइपर्ने कठिनाई बारे देखाएको छ ।
गोल्डेन याक इन्टरटेनमेन्टको प्रस्तुती रहेको यो फिल्ममा शान्ती गिरी, हाना जी, ज्योती कार्की, अरुण रेग्मी, दिवाकर पिया, बिना पाण्डे लगायतका कलाकारको अभिनय छ ।
Watch Second Trailer Of Jhigrana :-