मज्जाको अनलाईन समाचार, काठमाण्डौं, माघ १३–

आगामी फागुन १५ देखि सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘अझै पनि’ तथा फिल्म निर्माण कम्पनी ‘पुनम इन्टरटेन्मेण्ट’ ले विभिन्न क्षेत्र तथा व्यावसायमा सक्रिय ९ जना महिलालाई सम्मान गरेको छ ।

samman final

सुचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालको प्रमूख आतिथ्य र उर्जा मन्त्री राधा ज्ञवालीको बिशिष्ट आतिथ्यमा मंगलवार राजधानीमा कार्यक्रमको आयोजना गर्दै विभिन्न क्षेत्रमा सक्रिया महिलालाई खादा तथा सम्मान पत्रद्धारा सम्मान गरियो । नेपाली अभिनेत्री गौरी मल्ल, डा.सुदेष्णा श्रेष्ठ, फेसन डिजाइनर शैलजा अधिकारी, सुचना आयोगकी आयुक्त यशोदा तिम्सिना, शिक्षा तर्फ कुमुद भट्ट छतकौली, वातावरण तर्फ सरिता ज्ञवाली, ब्युटिसियन रश्मिला श्रेष्ठ, राजनीतितर्फ श्रृजना अधिकारी र बैंकिङर पवित्रा लिम्बुलाई सम्मान गरियो । सम्मानित व्यत्तित्वले फिल्म ‘अझै पनि’ लाई सफलताको शुभकामना व्यक्त गरे ।

सुचना तथा सञ्चारमन्त्री रिजालले चलचित्र ‘अझै पनि’ को प्रयास सम्मानयोग्य र महत्वपूर्ण रहेको बताए । त्यस्तै उर्जा मन्त्री राधा ज्ञवालीले महिला शसक्तीकरणको निम्ती फिल्मले चालेको कदम सकारात्मक रहेको बताउँदै हर समयमा आफ्नो सहयोग रहने बताईन् ।‘अझै पनि’ निर्माता पुनम गौतमले फिल्मले महिलाको कथा बोल्ने बताईन् । सम्मानको लागी महिलालाई नै रोज्नुको मुख्य कारण पनि फिल्म नारीप्रधान हुनु नै रहेको उनले खुलाइन् । हरेक क्षेत्रका महिला नेतृत्वकर्तालाई एउटै मञ्चमा उभ्याउँदा फिल्म क्षेत्रलाई पनि अन्य क्षेत्रको दृष्टिकोण जसरी नै प्रभावकारी बनाउन मद्दत र्पुयाउने उनको भनाई थियो ।

sudarsan pooja

‘ट्रष्ट आलोक’ स्थापनाको घोषणा
सोही सम्मान कार्यक्रममा स्व.निर्देशक आलोक नेम्वाङ्को स्मृतीमा ‘ट्रष्ट आलोक’ घोषणा भएको छ । स्व. आलोककी आमा अध्यक्ष रहने गरी उक्त ट्रष्ट अघि बढ्ने निर्माता गौतमले बताईन् । उक्त ट्रष्टको संरक्षक पुनम इन्टरटेन्टमेण्ट रहनेछ । ट्रष्टको पहिलो कार्यक्रम पनि घोषणा गरिएको छ । केहि समय पश्चात नेपाली म्यूजिक भिडियोको इतिहासमै पहिलो भिडियो निर्देशक शम्भुजित बाँस्कोटालाई सम्मान गर्ने कार्यक्रम रहेको पुनम गौतमले बताईन् । करिव ८ सय म्यूजिक भिडियो निर्देशन गरेका आलोकले तीन फिल्म निर्देशन गरेका थिए । जसमध्ये ‘अझै पनि’ आलोक निर्देशित अन्तिम फिल्म हो ।

poonam

सुदर्शन थापा प्रोडक्शन र पुनम इन्टरटेन्मेण्टको ब्यानरमा पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेको ‘अझै पनि’ आउँदो फागुन १५ गते सावर्जनिक प्रदर्शनमा आउँदैछ । यो फिल्ममा सुदर्शन थापा, पुूजा शर्मा, सुरक्षा पन्त, बिजय लामा, प्रमिला खनाल, बिपना धिमाल, मिथिला शर्मा, रामशरण पाठक, पुष्प खड्का, बिशाल ढुंगाना लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

रामशरण पाठकले लेखेको फिल्म ‘अझै पनि’ मा राजेश श्रेष्ठको छायांकन, प्रितम पाण्डेको सम्पादन रहेको छ । महेश खड्का, हरी लम्साल, राजनराज सिवाकोटी र सचिन सिंहको संगीत रहेको यो फिल्ममा अष्ट महर्जनले द्धन्द्ध निर्देशन गरेका छन् ।

For More videos Log on to Mazzako TV