आशिष्माको फिगर ‘कोकाकोला’, के साच्चै होला ? (भिडियो)
मज्जाको अनलाईन समाचार, काठमाण्डौं ।
संचारकर्मी सुब्रत आचार्यको डेब्यु निर्देशनमा बनेको फिल्म ‘अधकट्टी’ को चर्चित गीत ‘तिम्रो फिगर कोकाकोला’ को भिडियो सार्वजनिक गरिएको छ । केही समयअघि सार्वजनिक यो गीतको अडियो भने सर्वाधिक चर्चामा थियो ।
सार्वजनिक गीतको भिडियोमा फिल्मकी नायिका आशिष्मा नकर्मी र डेब्यु नायक प्रदिप बास्तोला फिचरिङ छन् । ‘अधकट्टी’ को ‘डान्सिङ नम्बर’ समेत रहेको यो गीतमा आशिष्माको फिगरलाई ‘कोकाकोला’ भनिएको छ । प्रल्हाद तिमिल्सिना र जोनिशा पौडेलको स्वर रहेको यो गीतमा बसन्त सापकोटाको संगीत र किरण माइकलको शब्द छ ।
यो फिल्म जेठ १५ गतेबाट नेपालमा र फेब्रुअरी १ बाट अष्ट्रेलियामा रिलिज हुदैछ । फिल्ममा आशिष्मा र प्रदिपसंगै विल्सन विक्रम राई, गौरव पहारी र रिस्ता बस्नेतको समेत मुख्य भूमिका छ । फिल्मलाई प्रदिप उदयले निर्माण गरेका हुन् ।
Watch Song Here :-
For More videos Log on to Mazzako TV