मज्जाको अनलाईन समाचार, काठमाण्डौं, माघ ०९–

म्युजीक भिडियोको निर्माण बढेसंगै नयाँ–नयाँ प्रविधी भित्रिने क्रम पनि बढ्दो छ । यसैवीच सिड्नीमा रहेको नेपाली यूवाहरुले आइफोनबाट खिचेर भिडियो निर्माण गरेका छन् ।

chahana 2

सिड्नीका यूवाहरुको फिल्म निर्माण कम्पनी आल्प ईन्टरटेन्मेन्टले नेपाली भिडियोमै पहिलो पटक आफुहरुले ‘follow me social photography concept ‘लाई पछ्याउँदै विभिन्न फिचर जस्तै सेल्फी, स्लो मोशन टाइम लेप्स जस्ता प्रविधीको प्रयोग गरेर भिडियो बनाएको दाबी गरेको छ । मना श्रेष्ठ स्लेँग र दर्शना को आवाज रहेको यस गीतलाई मनोज अधिकारीले निर्देशन गरेका हुन् । शब्द र संगीत पन मनाकै रहेको छ । सविन ज्ञवालीको छायांकन र सम्पादनमा बनेको यो भिडियोमा अजय राजवंशी र पुजा प्रियंका फिचरिङ छन् ।

आइफोनबाट तयार पारिएको यो भिडियो तलको लिंकमा क्लिक गरेर हेर्नुहोस् अनि प्रतिक्रिया दिनुहोस् :-

For More videos Log on to Mazzako TV