मज्जाको अनलाईन समाचार, काठमाण्डौं । 

संविधान जारी हुने मिती माघ ०८ आउन एक दिन बाँकी रहँदा नेपालका लोकदोहोरी कलाकारहरु राजधानीको बानेश्वरस्थित सडकमा देखिए । आ–आफ्नो व्यस्त समयलाई थाती राख्दै उनीहरु तोकिएकै मितीमा संविधान जारी हुनुपर्ने भन्दै सडकमा उत्रिएका हुन् ।

lokdohori 2

दोस्रो संबिधान सभाको चुनाब पछी दलहरुले दिएको एक बर्षमा संबिधान जारी गर्ने प्रतिबद्दता पुरा हुनुपर्ने भन्दै हरेक पक्ष र नागरिकबाट आवाज उठिरहँदा लोकदोहारी कलाकार पनि यसप्रति चिन्तित देखिए । चर्चित लोक गायिका राधिका धिमाल पनि सो दबाबमुलक कार्यक्रममा सहभागी थिइन् । उनी सडकबाटै गाउँदै थिइन्– ‘म बिग्रिएँ बैंसले, नेता बिग्रे पैसाले ।’

lokdohori

राष्ट्रिय लोकदोहारी प्रतिष्ठान नेपालको अगुवाईमा गरिएको सो दबाबमुलक अभियानमा लोकगायक पशुपति शर्मा पनि थिए । उनले पनि नेताले संविधान दिन नसकेको भन्दै आफ्नो चर्चित गीत ‘मलाई अमेरिका यहीँ’ गाएका थिए । सहभागी दर्जनौ कलाकारहरुले संविधानमा कलाकारका मुद्दालाई पनि समावेश गरियोस् भन्दै प्लेकार्ड बोकेका थिए । उनीहरुले ‘कलाकार राष्ट्रका गहना होइनन्, सम्पत्ति हुन्’ भन्दै संविधान जारी गरेर देशलाई अगाडि बढाउन माग गरेका छन् ।

For More videos Log on to Mazzako TV