युट्युबबाट एक सातामा एक लाख बढीले सुने ‘रेशम फिलिली’ को अडियो गीत
मज्जाको अनलाईन समाचार, काठमाण्डौं, माघ ०७–
गएको माघ ०१ गते युट्युबबाट सार्वजनिक गरिएको फिल्म ‘रेशम फिलिली’ को ‘लिरिकल अडियो गीत’ एकसातामा एक लाख भन्दा बढी पटक क्लिक भएको छ ।
कालिप्रसाद बाँस्कोटाको संगीत रहेको ‘जालमा’ बोलको गीत सुन्दा टिपिकल लाग्छ । सो गीतलाई सर्वाधिक दर्शकले रुचाएको पाइएको हो । यो समाचार तयार पारुन्जेलसम्म सो गीतको अडियो मात्र सुन्ने भिवर्सको संख्या एक लाख चार हजार ६७ रहेको थियो । यति छोटो समयमा फिल्मको लिरिकल गीत मात्र रुचाउने यत्ति धेरै दर्शक भेटिएपछि निर्माता माधव वाग्ले दंग भएका छन् । ‘गीतमात्र होइन फिल्मनै दर्शकले रुचाउँछन् भन्ने आशा छ’, उनले भने ।
गीतमा संगीतकार बाँस्कोटा र सोमिया बराईलीको स्वर छ भने शब्द संगीतकार र मानस राजको छ । प्रणव जोशीको लेखन तथा निर्देशन रहेको फिल्म ‘रेशम फिलिली’ मा विनय श्रेष्ठ, कामेश्वर चौरासिया र मेनुका प्रधानको अभिनय छ ।
भी मोसन पिक्चर्सको निर्माण रहेको यो कमेडी फिल्म आगामी वैशाख ११ बाट देशव्यापी प्रदशर्नमा आउँदैछ । जसरी गीतले दर्शकको मन जित्यो, त्यसरी फिल्मले जित्ला या नजित्ला ? त्यो त समयले नै बताउँछ । कि कसो ?
सर्वाधिक रुचाइएको को गीत यस्तो छ :-
For More videos Log on to Mazzako TV









