मज्जाको अनलाईन समाचार, काठमाण्डौं, माघ ०२–

फागुन १५ गते देशव्यापी रिलिज हुने नेपाली फिल्म ‘अझै पनि’ को चौथो गीत रिलिज गरिएको छ । सार्वजनिक ‘के गर्दा मिल्छ मिठो पिरती’ बोलको गीतमा सुदर्शन थापा र पुजा शर्माको प्रेम झल्किएको छ ।

K-garda

गीतले प्रेममा रमाएको जोडीलाई चित्रित गरेको छ । प्रस्तुत गीतमा डा.कृष्णहरी बरालको शब्द तथा महेश खड्काको संगीत रहेको छ । गीतमा दिपक लिम्बु र शाहिमा श्रेष्ठले स्वर दिएका छन् । फिल्म ‘अझै पनि’ लाई स्व. निर्देशक आलोक नेम्वाङले निर्देशन गरेका हुन् । ‘अझै पनि’ आलोकको अन्तिम निर्देशकिय फिल्म हो ।

सामाजिक प्रेम कहानीमा आधारित यो फिल्मलाई सुदर्शन थापा प्रोडक्शन र पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेका हुन् । फिल्मले नेपाली समाजका केहि भोगिएका तर नदेखिएका घटनालाई पर्दामा प्रस्तुत गरेको छ । फिल्म ‘अझै पनि’ मा सुदर्शन र पुजासँगै सुरक्षा पन्त, प्रमिला खनाल, पुष्पा खड्का, विशाल ढुङगाना, बिपना धिमाल, मिथिला शर्मा, विजय लामा, रामशरण पाठक लगायतका कलाकारहरुको अभिनय छ ।

Watch Song Here :-

For More videos Log on to Mazzako TV