मज्जाको अनलाईन समाचार, काठमाण्डौं । शाइकेडेलिक थ्रिलर रक गीत ‘तरस तरस’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । यो भिडियो ‘हरर’ हो जसलाई  म्यूजिक भिडियोका साथसाथै एक सर्ट फिल्मका रुपमा पनि हेर्न सकिन्छ ।

taras taras

यस गितका गायक, लेखक, रचनाकार र कोरियोग्राफर प्रशान्त पौडेल हुन् । गीतमा संगीत पनि प्रशान्त र रोबिन गौतमले भरेका छन् । यस गितको एरेन्जमेन्ट सन्जे ल्यागुन द्वारा गरिएको हो । तरस तरस गितको भिडियोका निर्देशक केशब खड्का हुन् । भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने हरिस सिन्हाले सम्पादन गरेका हुन् ।

भिडियोमा प्रशान्त पौडेल, रोबिन गौतम, दिपा राणा लगायत सपोर्टिङ रोेलमा बिश्नु भन्डारी, अबिशान्त रेग्मि र अङ्कित हमाललाई फिचरिङ गरिएको छ ।

Watch Song Here :-

For More videos Log on to Mazzako TV